सुलोचना देवकोटा, आँधिखोला गाउँपालिका, स्याङ्गजा
जब म आमाको गर्भबाट यस धर्तिमा आए नि त्यो दिन बाट नै म प्रश्न गन थालेकि भए आज अर्कै हुन्थे जस्तो लाग्छ । सानो छदै बाट नै मैले मेरा नजिकका मान्छेहरुलाइ प्रश्न गरेर सताउथे होला । मेरो हजुरआमा ले हजुरबा को गोडा धोएर पानी खाएको देख्दा म हजुरआमा लाइ प्रश्न गर्न खोज्द्थे तर कहिल्यै प्रश्न गर्न सकिन। हजुरआमा किन हजुर पनि यस्तो काम गर्नु हुन्छ भनेर सोध्न लाइ म मा आँट थिएन । म चुपचाप हजुरआमा ले गरेको चियाएर बसि रहन्थे।
”हजुरबा को गोडा धोएर पानी खाएको देख्दा म हजुरआमा लाइ प्रश्न गर्न खोज्द्थे तर कहिल्यै प्रश्न गर्न सकिन“‘
पल्लो घरमा ठुलो बुबाले ठुलो आमालाइ दिएको त्यो मानसिक यातना अझै पनि मेरो मनसपटल वरपर रहिरहन्छ । त्यो बेल मेरो मनमा अनेकौ प्रश्न हरु एकाएक आउने गर्थे । स्वयम म भोलिको दिन सम्झेर आत्तिएकि हुन्थे। म कसैको पनि मानसिक गन्धको शिकार हुनु नपरोस भनेर कल्पना गरिरहेकि हुन्थे।आफ्नो भित्री मनले सहि लागेको कुराको पक्ष मा लड्न डराउनु हुन्न भन्ने मेरो बुबा बाट सुनेता पनि बुबा आफ्नो लागि नभएर आफ्नो परिवार को लागि बाचेको देख्थे अनि सोच्थे, दुख देखि भागेर दुख पार लाग्ने भए सन्सार का सबै मानिस दौडिरहेको भेटि रहन्थे होला ।
जिवनमा सास भर्ने अनि आश थप्ने पनि दुख नै त हो आखिर । प्रत्यक पल हिनताबोधले कुजिएर बस्नु भन्दा त बेला बेला मनको बोझलाइ आँशु बाट भए नि पोखिन दिएको बेस हैन त? उमेर सङ्गै आफै म भएका परिवर्तन हरु जब म पहिलो पटक नछुनि भएर पाँच दिनसम्म अध्यारो कोठामा बसेकि थिए। त्यो समयमा पनि म प्रश्न गर्थे मन्दिरमा पुजा गरिने देवि पवित्र अनि म कसरि अपवित्र ?
“म पहिलो पटक नछुनि भएर पाँच दिनसम्म अध्यारो कोठामा बसेकि थिए। त्यो समयमा पनिम प्रश्न गर्थे मन्दिरमा पुजा गरिने देवि पवित्र अनि म कसरि अपवित्र ?“
मन्दिरमा चढाइने रातो रङ्ग मिसिएको फुल स्वत्छ अनि मेरो शरिर बाट निस्किने त्यो रातो रगत कसरि अस्वच्छ ? मैले कहिल्यै मेरा प्रश्न हरुको उत्तर पाइन । सायद म केहि बुझ्ने थिइन होला। त्यस्तै माथिल्लो घरको दिदिको शरिरमा गिद्धे नजर लगाउने हरुलाइ मैले कहिल्यै सोध्न सकिन तिमिहरुको मानवता कता हराएको छ भनेर? भ्रुण हत्या गर्ने तल्लो घरको काका र काकि लाइ म कहिल्यै प्रश्न गर्न सकिन । सहमतिको सहवासमा बनेको त्यो रगतको टुक्राजसको मौनता को फाइदा उठाएर किन यस्तो कदम चाल्नु भयो भनेर?
म त हावा हरु जस्तै सुवास को कपुर र पारिजात का बोट हरुमा रात भरि डुलिरहन्छु। जसरि यात्रुका पैताला हरु गन्तव्य को खोजिमा हिडिरहेका हुन्छन नि म पनि म भित्रका मेरा प्रश्न हरुको उत्तरको खोजिमा लागि रहेकि हुन्छु।