सुलोचना देवकोटा


दुइ दिन अघि मात्र बिनिता दिदिको फेसबुकमा पोस्ट सेयर गरेकि थिए। शुक्र तारा नझुल्किदै फोनमा अननोन नम्बर बाट कल आयो। मेरा मुखबाट वाणि हरु निस्किन नपाउदै उताबाट मन भरि गुम्साएर राखेका कुराहरु तछाडमछाड गर्दै दुइ अम्बरमा देखिने बादल, चिसो सेरोटो क्षितिज मा मिल्न आतुर भएजस्तो गरेर आकसमा गर्जिदै गरेको मेघ जसरि कराउन थालियो। अनि भावनात्मक सम्बेदनालाइ काबुमा रख्दा राख्दै हामि थाहा नपाइ बाच्न पनि बिर्सेका छौ। आशुलाइ आखामा देखिनै नदिइ मनमा नै गाठो पारेर अरुलाइ देखाउनको लागि किन अझै पनि हासिरहेका हुन्छौ हामि। सधै अर्कोले केहि भन्छ कि भनेर आफुले आफुलाइ बर्बाद गरिरहेका हुन्छौ। आधुनिकताले सभ्यता बिर्से जस्तै मानवले मानवता बिर्से जस्तै किन मान्छेका आँशुहरु पुराना हुनै सक्दैनन्। किन सबै मानिस हरुलाइ हतार हुन्छ यहाँ? मान्छेको शरिर को कथा कसरि सकिन्छ।

आशुलाइ आखामा देखिनै नदिइ मनमा नै गाठो पारेर अरुलाइ देखाउनको लागि किन अझै पनि हासिरहेका हुन्छौ हामि।

मैले हजुर कहाँ बाट भनेर प्रश्न गर्न पाएकै थिइन एकाएक शब्दका वाणिहरु प्रहार भैरहेका थिए। जस्तो कुरामा पनि म त्यो ठाउमा भएको भए ए गर्थे भनेर कदम चाल्ने बानिले यस पटक मलाइ धोका दिन्छ कि भन्ने लागिरहेको थियो। मेरो दिमागमा उसका कुराले उथलपुथल पारिसकेको थियो। म उस्लाइ रोक्ने मोडमा थिइन्। उसले त कमसेकम म सङ्ग भएनि आफ्नो कुराहरु साट्यो भन्ने लागेको थ्यो। अनि हाम्रा समाजका अनेकौ मानिसलाइ सम्झिन्थे। तेस्तै कुराहरुलाइ लिएर कति मानिसले आफ्नो जिवन ब्यातित गरिरहेका छन भन्ने लाग्थ्यो। यि यस्तै पोखिन नसक्ने वाणि हरु बाट त जन्मिन्छन मानसिक समस्याहरु। उताबाट यत्ति भनियो कि मलाइ पनि जिवनको क्यानभासमा उड्ने रहर छ्। अनि फोन काटियो।

सायद उ उड्न चाहान्थ्यो होला सिमलको भुवा जसरि, गाउन चाहान्थ्यो होला, नाच्न चान्थ्यो होला अनि प्वाख हरु फट्फटाएर निला क्षितिजमा मगन मस्त हुन चाहान्थ्यो होला।

फेरि मैले कल ब्याक गर्ने कोसिस गरे फोन लाग्दै लागेन्। सायद उ उड्न चाहान्थ्यो होला सिमलको भुवा जसरि, गाउन चाहान्थ्यो होला, नाच्न चान्थ्यो होला अनि प्वाख हरु फट्फटाएर निला क्षितिजमा मगन मस्त हुन चाहान्थ्यो होला। त्यसैले जिवनमा आफुलाइ गुम्साएर राख्ने काम नगरौ। भोलि त्यसले विकराल परिस्थिति निम्त्याउन सक्छ्। आफु सङ्गै जोडिएका मानिस हरुलाइ नजिकबाट नियाल्ने प्रयास गरौ। म छु नि है भनेर सहायता गरौ। आफुलाइ अन्जुलिमा थापेर मनको क्यान्भासमा रङ्ग भरौ। अनि ति रङ्ग हरुमा पिडा हरुलाइ घोलेर आफ्नो जिवन ब्यातित गरौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *