काठमाडौँ , ३ फागुन । बिहानीको किरणले सम्पूर्ण नगरलाई विस्तारै आफ्नो अङ्गालोमा समेट्दै थियो।विस्ताराबाट बाहिर ननिस्किदै फोनमा झुण्डिने हामी सबको बानीबाट म कहाँ टाढा हुन सक्थे र?म पनि विजय कुमारले सम्बन्धहरु किताबमा भनेजस्तै घोप्टे संसारका स्टाटसहरुमा रुमलिन पुगिरहेकी हुन्छु।फेसबुक स्क्रोल गर्दै गर्दा एक्कासी टक्क एउटा पोस्टमा गएर आँखा अडिन्छ। नेपाल प्रहरीको तथ्याङ्कले बिगत पाचँवटा आर्थिक वर्षमा नेपालमा ८,००० भन्दा बढि बलात्कार र ३,१०० भन्दा बढि बलात्कारको प्रयासका घटना भएको देखाउँछ।समाचारले आङ सिरिङ्ग भएर आउँछ।

एकाएक मेरो मनको मौसम बदलिएको भान हुन थाल्छ।शुन्य आकासमा काला बादलका लाम्टा देखिएको जस्तो।तिब्र वेगमा एक दिशाबाट अर्को दिशातिर उड्न थालेको जस्तो ।सम्हाल्छु आफूलाई अनि सोच्छु यस्ता घटनाबाट आकुलब्याकुल भइरहेका ती परिवारहरुको बारेमा। म सामान्य मान्छे मैले मात्र सोचेर लेखेर के होला र ? भन्ने लाग्छ।टाउको भारी भएर आउँछ।जब यस्ता अपराधका घटना देख्छु अनि कलम नचलाई बस्नै सक्दिन म। मानिस भनेको विशेष रसायनले बनेको हुन्छ हामीलाई थाह भएको कुरा हो।आजकल मान्छेहरु अध्यारोमा एकथोक गर्छन् अनि उज्यालोमा सुकिलो चारित्रिक प्रमाणपत्र खोज्ने गरेको पाइन्छ। मानिसहरु सबै कुरालाई आफ्नो स्वार्थसँग पायक पर्ने गरि ब्यवस्थापन गरेको मात्र पाइन्छ।मानिसहरु जतिजति वयस्क हुदैँ जान्छन्।

विचारको पवित्रता ,भावनाको शुदध्ता,हृदयको संवेदनशीलता आदि गर्ने सम्पूर्ण कुराहरुमा नष्ट भएर गएको देखिन्छ।अधिकासं मानिसहरु हावाको इशारामा नाच्ने वजनहिन सुकेका पातजस्ता देखिन्छन् भुईँमा नखसुन्जेल हावाको इशारामा नाच्छन्।जब उड्छन् अनि उडानको दम्भ संगालेर नाच्छन्।बेलाबेला सुनिने यस्ता भयावह लाग्ने घटनाहरुले मेरो मनजस्तै अरुको मन पनि अत्तालिएको हुन सक्छ। चुप लागेर बस्ने बेला छैन।हामीले छोरालाई सानैबाट राम्रो संस्कार दिन जरुरी छ।ताकि भविष्यमा कञ्चनपुरकी निर्मला पन्त ,बैतडीकी भागरथीको जस्तो अवस्था हाम्रा छोरी चेलीको नआओस्।यो सुताहा संसारलाई अब जगाउने बेला आएको छ।भीष्मलाई बध गर्ने मनसाय छ भने शिखण्डी उभ्याएर होइन आफैँ सामने आएर लड्नुपर्छ ।हो अहिले त्यस्तै बेला आएको छ।हरेक अपराधका घटानालाई राजनितीकरण गरेर लुकाइने प्रवृत्तिलाई निवारण गर्ने बेला हो यो।

यसका साथसाथै आम महिला दिदीबहिनिहरुलाई आत्मरक्षाको तालिम दिन जरुरी छ। हाम्रो पाठ्यक्रममा सानैबाट यौन शिक्षा उल्लेख गर्न आवश्यक छ।महिलाको सुरक्षा सम्बन्धी एथेष्ट कानुन निर्माण गर्नुपर्छ।बोलिमा मात्र हैन अब ब्यवहारमा यस्ता घटनाहरुलाई न्युनिकरण गर्नुपर्छ। शाश्त्रमा उल्लेख छ नि,रामचन्द्र जुनलाई स्पष्ट रुपमा थाहा थियो यथार्थमा सुनको मृग हुदैन भनेर तथापि उनी त्यसैलाई लखेट्दै गए।त्यो एउटा नाटकीयताको निम्ति आवश्यक पूर्वाधार थियो।त्यसपछि रावणलाई सीताहरण गर्न सजिलो भएको थियो ।महादेवलाई थाहा थियो सतीदेवीको लास कुहिन्छ र फतफती झर्छ भनेर उनलाई थाहा थियो संसार एउटा लिला मात्र हो भनेर तर पनि उनले घोर विषादको अभिनय गरेर संसारलाई चकित तुल्याए।

त्यस्तै हामी पनि अब वर्तमानलाई विगतको प्रतिलिपी सम्झेर समयमा नै यस्ता घटनाहरुलाई रोक्नको निम्ति आफ्नो आफ्नो क्षेत्रबाट पहल गर्नुपर्छ।तबमात्र समस्त छोरीकाबुबा आमा घर परिवारले खुशीको सास फेर्न पाउनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *