काठमाडौँ, २३ चैत्र । इन्डोनेसियामा बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या ५५ पुगेकोे छ । आज बिहान इनडोनेसियाको विपद् व्यवस्थापन निकायका प्रवक्ताले हिजो देशको पूर्वी क्षेत्रस्थित नुसा टेंगरा प्रान्तमा भीषण वर्षापछि आएको बाढी र पहिरोका कारण मृत्यु हुनेको संख्या ५५ पुगेको पुष्टि गरेका हुन् । बाढी पहिरोका कारण दर्जनौं घरसहित भौतिक संरचनामा क्षति पुगेको प्रारम्भिक विवरणहरूमा जनाइएको छ भने केही मानिस बेपत्ता पनि भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *