विराटनगर, २३ चैत । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता लिईएको छ । आज प्रदेशसभा वैठकमा नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता ईन्द्रबहादुर आङ्बोद्धारा सरकारविरुद्ध दर्ता गरेको अविश्वासको प्रस्ताव वर्तमानमा असान्दर्भिक भएकाले फिर्ता लिईएको घोषणा भएको हो । वैठकमा नेकपा (एमाले) का नेता राजेन्द्रकुमार राईले प्रदेश १ सरकारविरुद्धको प्रस्ताव फिर्ता भए पनि सरकारप्रतिको अविश्वास अझै फिर्ता नभएको बताउनुभएको छ ।
गत पुस १२ गते तत्कालीन नेकपाको प्रचण्ड-माधव समूहले मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *