काठमाडौँ, २३ चैत्र । सरकारले म्यानमारमा भइरहेको नरसंहारकोे एकल र अन्तराष्ट्रिय जगतमार्फत विरोध जनाएको छ । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले आज संसदलाई सो कुराको जानकारी गराउनुभएको हो । ज्ञवालीले म्यानमारमा सेनाले सत्ता हातमा लिएकै दिन प्रष्ट भाषामा विरोध जनाइएको बताउँदै संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद्मार्फत पनि म्यानमारमा भएको घटनाप्रति नेपालले चासो र चिन्ता जनाएको उल्लेख गर्नुभएको छ। उहाँले नागरिकमाथि गरिएको दमन र लोकतान्त्रिक नेताहरुको रिहाइका लागि आह्वान गरिएको पनि बताउनुभयो ।
दुई महिनाको अवधिमा म्यानमारको सैनिक सरकारले आठ सयभन्दा बढी सर्वसाधारणको हत्या गरिसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *