काठमाडौँ, २३ चैत्र । साल्ट ट्रेडिङ कर्पोरेसनले सेयरधनीलाई लाभांश प्रस्ताव गरेको छ । आज बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । कम्पनीले सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ५ प्रतिशत नगद गरी कुल २५ प्रतिशत लाभांश वितरण गर्ने जनाएको छ ।
