काठमाडौँ, २४ चैत्र । आजको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पहाडी क्षेत्रमा आंशिकदेखि सामन्य बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने छ । कणर्ाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविदले जनाएका छन् ।
अहिले पश्चिमी पहाडी भू-भागहरुमा आंशिक बदली रहेको छ भने बाँकी क्षेत्रको मौसम सामान्यतया सफा छ । स्थानीय वायु तथा पश्चिमी वायुको आंशिक प्रभावका कारण मौसम प्रभावित भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *