काठमाडौँ, २४ चैत्र । इन्डोनेशिया तथा पूर्वी टिमोरमा बाढी र पहिरोका कारण ज्यान गुमाउनेको संख्या १०० नाघेको छ । लगातार मुसलधारे वर्षापछि शनिबार आएको बाढी तथा पहिरोका कारण अहिलेसम्म कम्तीमा १३३ जनाको ज्यान गएको हो । इन्डोनेशियाको पूर्वी क्षेत्रको फ्लोरेस आइल्याण्ड तथा छिमेकी देश पूर्वी टिमोरमा बाढी र पहिरोले जनधनको क्षति भएको तथा जनजीवन पनि प्रभावित भएको बताइएको छ ।
उद्धारकर्मीहरुले अझै पनि प्रभावितको उद्धार प्रयास जारी राखेका छन् । सरकारी अधिकारीका अनुसार मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने बताइएको छ ।इन्डोनेशियाको विपद व्यवस्थापन एजेन्सीले चार उपजिल्ला र सात गाउँ प्रभावित भएका छन् । इन्डोनेशियामा ८६ जनाको ज्यान गएको र अरु केही बेपत्ता भएको जनाएको छ । पूर्वी टिमोरमा बाढी तथा पहिरोका कारण कम्तीमा २७ जनाको ज्यान गएको त्यहाँका अधिकारीले पुष्टि गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *