कठमाडौँ, २४ चैत्र । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा एमालेका माधवकुमार नेपाल-झलनाथ खनाल समूहले आज बाग्मती प्रदेशमा समानान्तर समिति बनाएको छ । समितिमा अष्टलक्ष्मी शाक्य संयोजक, सहसंयोजकमा केदार न्यौपाने र पशुपति चौलागाईँ एवं सचिवमा रचना खड्का चयन भएका छन्।
त्यस्तै बागमती प्रदेशका १३ जिल्लामा पनि समानान्तर कमिटी गठन गरिएको छ । केही दिन पहिले काठमाडौँमा समानान्तर जिल्ला कमिटी गठन भएको थियो । नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले हिजो समानान्तर समितिमा बस्नेलाई कारवाही गर्ने चेतावनी दिएपनि समानान्तर कमिटी गठन गरिएको हो । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफू पक्षका नेताहरुलाई कारवाही गर्न थालेपछि नेपाल-खनाल समूहले समानान्तर कमिटी घोषणा गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *