खोटाङ, २१ वैशाख । खोटाङमा एमफिल र पिएचडी गर्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ । खोटेहाङ गाउँपालिकाले उच्च शिक्षा अध्ययन गर्ने गाउँपालिकाभित्रका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने नीति कार्यान्वयनमा ल्याएको हो । गाउँपालिकाको गत असारमा सम्पन्न गाउँसभाले पारित गरेको नीति तथा कार्यक्रमअनुसार एमफिल अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्तिस्वरुप जनही रु ५५ हजार ५५५ र पिएचडी अध्ययन गर्ने विद्यार्थीलाई जनही रु एक लाख ११ हजार १११ प्रदान गर्ने निणर्य अनुसार वडा नं ६ इन्द्रेणीपोखरीका विष्णुबहादुर कार्कीलाई छात्रवृत्ति स्वरुप रु एक लाख ११ हजार १११ प्रदान गरेको हो ।
पिएचडी र एमफिल गर्ने विद्यार्थी गाउँपालिकाभित्रको स्थायी नागरिक हुनुपर्ने, स्वदेशकै विश्वविद्यालयमा अध्ययनरत हुनुपर्नेलगायतका मापदण्ड तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *