काठमाडौँ, २१ वैशाख । बजारमा अण्डाको मूल्य हालसम्मकै उच्च मात्रामा वृद्धि भएको छ । रोग लागेर कुखुरा मरेपछि अण्डा उत्पादन घटेका कारण मूल्य बढेको हो । नेपाल अण्डा उत्पादक सङ्घका केन्द्रीय उपाध्यक्ष किरण ओलीका अनुसार आजदेखि फार्ममा ठूलो अण्डा प्रतिक्रेट (३० वटाको) रु ३७० र मिडियमको रु ३४० पुगेको छ । यसअघिको मूल्यमा प्रतिक्रेट रु ३० वृद्धि गरिएको हो । दुई महिनाअघि पनि प्रतिक्रेट अण्डाको मूल्य रु ३६० पुगेकामा केही दिनपछि घटेको थियो ।
एच ९ र रानीखेत रोगका कारण झण्डै २५ प्रतिशत कुखुरा मरेको किसानहरुको भनाई छ । ओलीका अनुसार दैनिक २४ लाख अण्डा उत्पादन हुँदै आएकामा रोगका कारण घटेर १७ लाख हाराहारीमा झरेको छ ।
अण्डाको उत्पादनमा कमी आएका कारण मूल्य बढ्दासमेत किसानहरु लाभान्वित हुन सकेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *