काठमाडौँ, २१ वैशाख । भारतको पश्चिम बंगालमा विधानसभा चुनावको नतिजापछि हिंसाका घटना भएको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार हिंसाका कारण कम्तीमा ६ जनाको ज्यान गएको छ। चुनावमा विजयी भएको तृणमुल कांग्रेसका कार्यकर्ताले आफ्ना कार्यकर्ता माथि आक्रमण गरेको आरोप भारतीय जनता पार्टी (भाजपा) ले लगाएको छ। भाजपाले तृणमुलका कार्यकर्ताको आक्रमणबाट आफ्ना ६ कार्यकर्ता मारिएको आरोप लगाएको टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ । भाजपाले हिंसाविरुद्ध भोली देशव्यापी धर्नामा जाने बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *