काठमाडौं, २१ वैशाख । भारतस्थित बिहार राज्यमा आजदेखि लकडाउन हुने भएको छ । कोरोना संक्रमण तीव्र रुपमा बढेपछि बिहारका मुख्यमन्त्री नितिश कुमारले जेष्ठ १ गतेसम्मका लागि लकडाउन घोषणा गर्नुभएको हो । सामाजिक सञ्जाल ट्वीटरमार्फत नितिश कुमारले हिजो मन्त्रीहरु र सरकारी अधिकारीसँगको छलफलपछि यो निणर्य लिइएको जानकारी दिनुभयो । यसअघि पटनाको उच्च अदालतले बिहारमा कोरोना संक्रमण उच्च देखिन थालेको भन्दै सरकारलाई लकडाउन घोषणा गर्न निर्देशन दिएको थियो ।
बिहारमा हिजो कोरोनाका ११ हजार ४०७ नयाँ संक्रमित फेला परेका थिए भने ८२ जना संक्रमितको मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *