विश्वमै महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (covid-19) नयाँ Variant का कारण विश्व अहिले जटिल मोडमा पुगेको छ। कोरोना सङ्क्रमणले विज्ञानलाई नै चुनौंती दिइ रहेको छ। दिन प्रतिदिन लाखौँ मानिसहरुले ज्यान गुमाइ रहेका छन्। कोरोना सकियो, नेपालीको एम्युनिटी पावर बढी छ केहि हुदैन भन्ने सोच अत्यन्त गलत हो । जुन मात्रामा कोरोना बढेको छ त्यसलार्इ हामीले रोक्न सकेनौं भने अस्पतालहरूमा लगभग बेड भरि सकेका छन्, सरकारले पनि थाम्न सक्दैन । त्यसैले अब हामी आफै शतर्क हुनु जरूरी छ । हेलचक्रार्इ नगरौ  । यस्तै हामी शतर्क रहन अलिकति पनि भुल्यो भने सरकारले लकडाउन बाहेक अरू केहि गर्न नसक्ने स्थिति आउन सक्छ । अहिले कोरोनाको डबल म्युटेशन देखिएको वैज्ञानिकहरूले बताएका छन् । डबल म्युटेशनले एउटाले जुन शरीरमा रोगसँग लड्न सक्ने एम्युनिटी (रोग प्रतिरोधात्मक क्षमता) लार्इ छक्याएर शरीरमा छिटो आक्रमण गर्न सक्ने, अर्को एउटा मानिसबाट अर्को मानिसमा छिटो फैलिने हुदा यसलार्इ डबल म्युटेशन भनिएको हो । कोरोनाको नयाँ Variant का कारण छिमेकी मुलुक भारतमा हेरौ निकै जटिल मोडमा पुगेको छ । तर अर्को छिमेकी मुलुक चीनमा हेर्दा सावधानी र नयाँ रणनीतिबाट कोरोना नियन्त्रणमा रहेको पार्इएको छ।

Covid-19 को महामारीबाट विश्व नै आक्रान्त बनेको अवस्थामा लगभग सबैले मास्कको प्रयोग गर्ने गरेका छन् । संसारमा लाखौं प्रकारका भाइरस छन्, कोरोना पनि तीमध्ये एउटा हो । भाइरस अत्यन्त सूक्ष्म हुन्छ । यो ब्याक्टेरिया (कीटाणु) भन्दा पनि सानो हुन्छ । ब्याक्टेरिया आफै सामान्य जीवकोषभन्दा १० गुणा सानो हुन्छ । जसको आकार ०.२ माइक्रोनदेखि १० माइक्रोनसम्म हुन्छ । अर्थात्, धुलो नुनको एउटा सानो दानाभन्दा एक हजार गुणा सानो हुन्छ ब्याक्टेरिया । त्योभन्दा सय गुणा साना हुन्छन् भाइरस । त्यसैले यिनलाई सामान्य प्रकारका सुक्ष्मदर्शक यन्त्र (माइक्रोस्कोप) ले पनि देख्न सकिँदैन । भाइरसको अध्ययन गर्ने छुट्टै विधा छ जसलाई भाइरोलजी (Virology) भनिन्छ ।

कोरोना केहि होर्इन कडा रूघाखोकी जस्तै हो, सामान्य हो, मास्क लगाएर केहि हुदैन, जाँच गरायो भने धेरैलार्इ कोरोना देखिन्छ, तातो पानी खायो भने ठिक भै हाल्छ, मानिसलार्इ कोरोना लाग्यो भनेर डर देखाउने मात्र हो, यस्ता कोरोनासँग डराउनु हुदैन, लक्षण देखिएकाहरूले परीक्षण नगरार्इ भीडभाडमा खुलमखुल्ला हिड्ने, चेकजाँच नगराउने, चिसोतातोको समयमा रूघाखोकी लागि हाल्छनी भनेर ब्यापक रूपमा भ्रम फैलार्इ रहेको पार्इन्छ। हाटबजार, भिडभाडस्थल जस्ता क्षेत्रमा मास्क नलगार्इ मानिसहरू मनपरि हिडिरहेको देखिन्छ । महामारीलार्इ पुरा वेवास्ता गरेको देखिन्छ । अलि समस्या परेमा सरकारले केहि गरेन भनेर सरकारलार्इ दोष दिनेहरू पनि भेटिन्छन् । नागरिकको कर्तब्य र दायित्व के हो भन्ने विषयमा हामी सवैले भुलेका हुन्छौं । विश्वब्यापी महामारीको रूपमा फैलिएको यस्ता विषयमा विज्ञहरूले ब्यापक अध्ययन अनुसन्धान गरेका छन् । Vaccine  सवैलार्इ पुगेको छैन र भ्याक्सिनको पनि पूर्ण भरपर्न सकिएको छैन, दुवै डोज खोप लगाएका ग्राण्डी अस्पतालका चिकित्सकमा कोरोना देखिएको छ, अहिले ब्यापक भएको डबल म्युटेशन कोरोनाको अनुसन्धान कै क्रममा रहेको छ ।

विश्वले स्वीकार गरिसकेको दोस्रो लहरको महामारीलार्इ हामी सवै सचेत र एक भै कडार्इका साथ स्वास्थ्य मापदण्ड अप्नाउन सम्पूर्ण युवाहरू लाग्नुपर्ने अवस्था सृजना भएकोछ । जीवन रहेमा धन, सम्पत्ती, नातागोता, इष्टमित्र, मनोरञ्जन सवैकुरा प्रयोग गर्न सकिन्छ । यो कोरोना भार्इरस पहिला जस्तै रूघाँखोकी लाग्ने, ज्वरो आउने, गन्ध हराउने जस्ता पहिला कै Covid-19 का लक्षण हुन तर यो भेरियन्टको फरक भनेको छिटो मानिसको शरीरमा आक्रमण गर्ने र छिटो सर्ने नै हो । त्यसैले हेलचक्रयार्इ नगरी ब्यक्ति, समाज र समुदायको स्वास्थ्य सुरक्षामा जोडदिनु पर्ने जरूरी छ । सामाजिक दुरी कायम गरौ, स्वास्थ्य मापदण्ड कडार्इका साथ पालना गरौ, अत्यावश्यक काम बाहेक घरबाहिर नजाउ, भीडभाड नगरौ, नेपालमा हाल कोरोनाको संक्रमण दिनानुदिन बढीरहेकोले यसले विकराल रूपलिन सक्ने भएको हुदा यो रोगलार्इ गम्भिर रूपमा लिने गरौ, समय समयमा साबुन पानीले हात धुने गरौ, खोप लगाएका वा खोप नलगाएका सवैले मास्क अनिवार्य लगाउने गरौ, यसो गर्न सकिएमा कोरोनाको संक्रमणबाट केहि हदसम्म बच्न सकिन्छ।

स्वास्थ्य विशेषज्ञका अनुसार सार्स भनिने कोरोना भाइरस दुर्इ प्रकारका छन् । पहिलो प्रकारको सार्स कोरोना भाइरस सन् २००३ मा पत्ता लागेको थियो । दोश्रो प्रकारको सार्स कोरोना भाइरस जसलाई नयाँ कोरोना भाइरस वा सार्स कोभी–२ भनिन्छ सर्वप्रथम चीनको वुहानमा सन् २०१९ डिसेम्बर ३१ मा देखापरेको थियो । कोरोना भाइरस परिवारका ७ प्रजाति मात्रै मानिसबाट मानिसमा सर्ने वैज्ञानिक र अनुसन्धान विज्ञहरूले बताएका छन् । सन् २००३ र २०१२ मा महामारी निम्त्याउने सार्स र मर्स भाइरस पनि यही परिवारका सदस्य थिए । सङ्क्रमित व्यक्तिले सरसामान वा सतह छोएर हात नधोई आफ्नो अनुहार छुँदा कोरोनाभाइरस शरीरमा छिर्न सक्छ। भाइरसले पहिला घाँटी, स्वासनली र फोक्सोका कोषलाई आक्रमण गर्छ। बिस्तारै ती अङ्गलाई कोरोना भाइरसहरूले आफ्नो नियन्त्रणमा लिएर आफ्नो सङ्ख्या वृद्धि गर्न थाल्छन् र गम्भीर असर पुर्‍याउन सक्छन्। फेक्सो, मुटु, कलेजो  लगायत शरीरको महत्वपूर्ण अंगमा असर गर्दछ ।

भाइरसको गुण भनौं वा अवगुण यो परजीवी हुन्छ । कुनै जीवित कोष बाहिर आफ्नै  बलबुताले यो भार्इरस वृद्धि हुन सक्दैन । यसकारण भाइरसलाई जीवित कोष मानिँदैन, न त निर्जीव । यो प्रकृतिको विशिष्ट उत्पादन हो । भाइरसका कारण मानिसमा विभिन्न रोग लाग्छन् । रुघाखोकीजस्ता रोग भाइरसकै कारण हुने हो । रोगप्रतिरोध क्षमताले गर्दा रुघा लागेको केही दिनपछि हामी ठिक हुन्छौं । विडम्बना के छ भने अहिले देखा परेको नयाँ कोरोना भाइरस विरुद्ध हामी सबैमा त्यस्तो प्रतिरोध क्षमता विकास भइसकेको छैन । त्यस्तो प्रतिरोध क्षमता नआउन्जेल अथवा औषधिको विकास र सवैलार्इ पुग्ने गरी Vaccine को उत्पादन नहुन्जेलसम्म मास्क लगाउने, स्वास्थ्य मापदण्ड पालना गर्ने, समय समयमा साबुन पानीले हातधुने जस्ता सावधानी अपनाउनु नै अहिलेलाई सबैभन्दा उत्तम उपाय हो ।

कोरोना भाइरस मानव जातिमा श्वास प्रश्वाससम्बन्धी रोगहरू निम्त्याउन जिम्मेवार भाइरस परिवार हो । यो जुन एक Positive Stand को RNA जिनोमको साथ विकसित भाइरस हो । नोबल कोरोना भाइरस एक नयाँ प्रकारको भाइरस हो । सुरुमा यसलाई नोबल अर्थात् नयाँ कोरोना भाइरस भनिएको थियो । पछि विश्व स्वस्थ्य संगठनले यसलाई सार्स–कोभी–२ भाइरस भनेर नामाकरण गरेको छ । यसअघि मानवमा यो भाइरस पहिचान गरिएको थिएन । कोभिड–१९ मुख्यतः संक्रमित व्यक्तिले खोक्दा र हाच्छ्युँ गर्दा नाक अथवा मुखबाट निक्लिने पानीको छिटाहरूबाट सर्छ । सार्स–कोभी–२ को संक्रमणको मुख्य मार्ग श्वासप्रश्वासको अंग र नजिकको सम्पर्क हो । जब कोही स्वस्थ्य व्यक्ति श्वासप्रश्वास सम्बन्धी रोगका लक्षण जस्तै रुघाखोकी लागेको अर्को व्यक्तिको नजिकै सम्पर्कमा (दुर्इ मीटर भित्र) आउँछ, तब संक्रमितले हाच्छ्युँ गर्दा वा खोक्दा निक्लिने थुकको छिटाको माध्यमबाट उसको मुख र नाक वा कन्जेक्टिवा (आँखा) बाट समेत संक्रमण फैलिने खतरा हुन्छ । थुकको छिटाको व्यास सामान्यतया ५–१० माइक्रो मिलिमीटरसम्म हुन्छ । कोरोना भाइरस मुख्यतया संक्रमित व्यक्तिको थुक, नाकबाट निस्कने सिँगान र उसले खोक्दा, हाच्छ्युँ गर्दा छचल्किने थोपाहरूबाट वा छीँ गर्दा निस्कने सिंगानबाट सर्दछ । त्यस्ता संक्रमित व्यक्तिको सिँगान वा खकार परेको कुनै पनि वस्तु जस्तैः पैसा, नोट, गहना, तरकारी र अन्य खाने वस्तुहरू वा ठाउँ जस्तैः ढोकाको ह्यान्डल, चुकुल, बार आदिमा स्वस्थ्य मानिसको हातले छुन पुग्यो र त्यस्तो छोएको हातले आँखा, नाक र मुख छुन गएछ भने पनि उसको शरीरमा यी भाइरसहरू सर्न सक्छन् र मास्क नलगाएको अवस्थामा नजिकैको कोरोना लागेको ब्यक्ति खोक्दा वा हाच्छिउ गर्दा छिटाहरूले मुखमा पर्न सक्छ । जसका कारण कोरोना छिटो फैलिन सक्छ । त्यसैले आफु स्वस्थ्य रहन र असल नागरिकको दायित्व पुरा गर्न मास्क लगाउ नै पर्छ । नलगाउनेहरुका लागि संङ्क्रामक रोग ऐन, २०२० अनुसार नियमनकारी निकायहरू शशक्त हुनु पर्ने अवस्था आउन सक्छ । त्यसकारण हामी सवै कोरोना रोगको सङ्क्रमणबाट बच्न शतर्क र सचेत बनेर स्वास्थ्य मापदण्ड पूर्ण रूपमा पालना गर्न आजै बाट शुरू गरौ ।

वैज्ञानिकहरूका अनुसार हालसम्म मानव शरीरमा सातथरी कोरोना भाइरस पत्ता लागेका छन् । तीमध्ये चार प्रकारका कोरोना भाइरस. मानव स्वास्थ्यमा खासै असर नगर्ने खालका छन् भने बाँकी तीनले महामारी फैलाएका छन् । सन् २००२ मा सुरु भएको सार्स, सन् २०१२ को मर्स र सन् २०१९ डिसेम्बरदेखि फैलिएको हालको सार्स–कोभी–२ सबै कोरोना भाइरस परिवारका सदस्य हुन् । यी सबै कोरोना भाइरसहरू लाई प्राणीजन्य रोगलार्इ (जूनोटिक डिजिज) मानिन्छ । सन् २०१९ को डिसेम्बरमा चीनको वुहानमा यो महामारी शुरू भएपछि वैज्ञानिकहरूले बिरामीका रगत र स्वाबका नमुना संकलन गरी कोरोना भाइरसको आनुवांशिक अध्ययन गरेका थिए ।

यसको बनावट अन्य जीवको जस्तो जटिल हुँदैन । प्रोटिनको खोलभित्र हुने न्युक्लिक एसिड (RNA or DNA) समेटिएर भाइरस बनेको हुन्छ । न्युक्लिक एसिड आफैंमा सजीव होइन । जीवनको एउटा आधारभूत अंश मात्र हो । हाम्रो शरीरका कोषहरुमा पनि DNA र RNA नामका न्युक्लिक एसिड हुन्छन् । भाइरसमा भएको न्युक्लिक एसिडले आफूलाई चाहिने प्रोटिन बनाउन र रासायनिक प्रतिक्रियामा सहभागी हुने क्षमता हासिल गरेपछि मात्रै त्यो सजीवको रुप धारण गर्छ । यसरी सक्रिय हुन उसले आफूलाई अनुकुल हुने वातावरण पाउनुपर्छ । त्यो अनुकुल वातावरण अन्य जीवको निश्चित कोष हुनसक्छ । त्यो कोषमा नपुगुन्जेल भाइरस निर्जिवसरह निस्क्रिय हुन्छ । तिन/चार दिनमा त्यस्तो अनुकुल वातावरण पाएमा त्यो सक्रिय हुनसक्छ । यसैले पनि भाइरसलाई निर्जीवबाट जिवित कोषबीचको परिवर्तन कालको एक अवस्थाको रुपमा लिइएको हो । मानिसहरूमा रोगविरुद्ध लड्ने क्षमता दुई तरिकाले विकास हुन्छ । पहिलो हो प्राकृतिक प्रक्रिया । मानव शरीरमा ब्याक्टेरिया, भाइरसजस्ता बाह्य जीवहरु प्रवेश गर्नासाथ त्यसको प्रतिक्रियामा हाम्रो रोग प्रतिरोधात्मक क्षमता सक्रिय हुन्छ । त्यस क्रममा शरीरले एन्टीबडी नामक रसायन उत्पादन गर्छ । त्यो एन्टीबडीले उक्त बाह्य जीवलाई नष्ट गर्छ । सार्स–कोभी–२ नयाँ भाइरस भएकाले मानव शरीरले यसको प्रवेश हुनासाथ चिन्न र एन्टीबडी उत्पादन गर्न समय लाग्छ । त्यसैले सबै मानिसमा रोग प्रतिरोधात्मक क्षमताले पूर्णतः काम गर्न सक्दैन । फलस्वरुप स्वास्थ्यमा जटिलता उत्पन्न हुने र मृत्युसम्म हुने सम्भावना रहन्छ । निको नै भइसके पनि यो क्षमता मानव शरीरमा कति समय कायम रहन्छ भन्ने निर्क्योल भइसकेको छैन । दोस्रो हो  खोपको माध्यमबाट रोग प्रतिरोधात्मक क्षमताको विकास । तर अहिले खोप पनि बनिनसकेको तथा निको भइसकेकाहरूमा कति समयसम्म बचाउन सक्छ, यकिन पनि नभएकाले भविष्यमा यसको संक्रमण दर तथा प्रवृत्ति यस्तै हुन्छ भन्न सकिँदैन भनेर अनुसन्धानमा खटिरहेका विज्ञहरूले बताएका छन् ।

अहिले कोरोनाको नयाँ भेरियन्ट सम्बन्धमा वैज्ञानिकहरूद्वारा अनुसन्धान भै रहेको छ । प्राकृतिक वा खोप जुनसुकै प्रक्रियाबाट भए पनि विकसित भएको रोगविरुद्ध लड्ने क्षमता सय हप्ता भन्दा बढी समयसम्म सक्रिय भयो भने भविष्यमा यो रोगको संक्रमण दर निकै घट्न सक्छ भनेर विज्ञहरूले बताएको पार्इन्छ । यसर्थ यो कोरोना भार्इरस अत्यन्त खतरनाक छ भन्न सकिन्छ ।

अठारौँ शताब्दीमा पहिलोपल्ट अस्पतालहरूमा सर्जिकल मास्कको प्रयोग हुन थालेको हो। तर सन् १९१९ मा पाँच करोड मानिसको ज्यान लिनेगरी स्पेनिश फ्लुको महामारी फैलिएपछि मात्र पहिलोपल्ट सार्वजनिक रूपमा त्यस्तो मास्कको प्रयोग भएको थियो। मास्क लगाउनाले खोक्दा वा हाछ्युंबाट सर्ने कोभिड-१९ को संक्रमणलाई सिमित गर्न मद्दत पुग्छ । तर मास्क मात्रले संक्रमण रोकिने सुनिश्चित हुँदैन। यसको साथै हात धुने र श्वासप्रश्वास सम्बन्धी स्वास्थ्यको ख्याल राख्ने तथा आफु र संक्रमित व्यक्त्तिहरूसित कम्तिमा दुर्इ मिटरको दुरी कायम राख्ने। मास्क ओसिलो हुने बित्तिकै नयाँ फेर्नु पर्छ र प्रयोग गरिसकेकोलाई उपयुक्त्त ढंगले फोहोर फाल्ने बन्द भाँडोमा बिसर्जन गर्ने र एकपल्ट मात्र प्रयोग गर्न बनेको मास्क पुनः प्रयोग नगर्ने । सामान्य प्रकारका मास्कले हावामा हुने भाइरस र ब्याक्टेरियाबाट सर्वसाधारणलाई प्रभावकारी सुरक्षा दिँदैन । धेरैजसो भाइरसहरू हावाबाट नै मानिसमा सर्ने गर्छ। त्यस्ता मास्कहरूले नाक र मुख छोप्ने भएपनि ती खुकुला हुन्छन् र तिनमा हावा फिल्टर गर्ने व्यवस्था हुँदैन एवम् आँखा पनि छोप्दैनन् । त्यसैले गुणस्तरीय एवं राम्रो सर्जिकल मास्क लगाउनु जरूरी हुन्छ ।

तर हाच्छिउँ वा खोकीबाट र हातले मुख छुँदा भाइरस सर्न सक्ने अवस्थाबाट भने मास्कले केही हदसम्म सुरक्षा दिन सक्छन्। न्यू साउथ वेल्समा सन् २०१६ मा गरिएको एक अनुसन्धानका अनुसार मानिसहरूले एक घण्टामा औसत २३ पटक आफ्नो अनुहार छुने गर्दछन्। घरबाहिर भिडभाडमा जाँदा आफू सङ्क्रमित हुन र अरूलाई पनि त्यसको जोखिमबाट जोगाउन मास्कले धेरै हदसम्म सहयोग पुर्‍याउने जनस्वास्थ्यविद्हरूको मत छ। तर मास्कको प्रयोग देखि त्यो निकाल्दा सम्म उचित तरिका अपनाउन सकिएन भने मास्कको प्रयोग अर्थहीन ठानिन्छ । मानिसले अनुहार छुने समयमा उचित सावधानी अपनाउनु पर्दछ । मास्क व्यक्तिगत सुरक्षाको भरपर्दो साधन बनेको छ। मास्कले थुकका छिटाहरूबाट हुन सक्ने सङ्क्रमणको जोखिमलाइ कम गराउँछ। बजारमा सामान्य कपडाबाट तयार गरिएका देखि गुणस्तरीयसम्म तीनथरी मास्क पाइन्छन्। बजारका पाइने कपडाबाट बनाइएका मास्क प्रयोग गर्न त्यति उपयुक्त हुदैन । किनभने त्यसले सास फेर्दा असजिलो भएर अरू कीटाणु त्यहीँ टाँसिने सम्भावना हुन्छ। सास फेर्दा सुक्खा रहने सर्जिकल मास्क उपयुक्त हुन्छ । सर्जिकल मास्क एकदिन मात्र लगाउन सकिन्छ र एन-९५ लगायतका गुणस्तरीय मास्क सम्भावित सङ्क्रमित र सङ्क्रमितको प्रत्यक्ष सम्पर्कमा आउँदा लगाउन उपयुक्त हुन्छ । मास्क लगाएर मात्र हुँदैन त्यो लगाउँदा र फुकाल्दा पनि सावधानी अपनाउनुपर्ने हुन्छ ।

मास्कलार्इ प्याकेटबाट निकालेपछि दुईवटा डोरीको सहायताले लगाउनु पर्छ। लगाइएका बेला बारम्बार घाँटीमा झुन्ड्याउने र पटकपटक फुकाल्ने गर्नुहुँदैन। पसिना आएको वा मोबाइल खेलाएको हातले मास्क छुनु हुँदैन। मास्क सामाजिक दूरीको विकल्प कदापि होइन। त्यसैले कोरोना भाइरस सङ्क्रमणबाट जोगिन एक आपसमा दूरी कायम राख्दै मास्कको उचित प्रयोग गर्नु आवश्यक भएको विज्ञहरू को भनार्इ रहेको छ।

लामो समयसम्म मास्क लगाएर बसिरहनु चुनौतीपूर्ण कार्य हो । सरसफाइका सामान्य उपायहरू अपनाउनु नै सङ्क्रमणबाट जोगिन मास्क लगाउनु भन्दा धेरै प्रभावकारी उपाय हो । छिउँ गर्दा आफ्नो मुख छोप्ने, हात धुने, हात नधोइकन हातले मुख नछुने जस्ता कार्यले नै श्वासप्रश्वासबाट भाइरस सर्न सक्ने जोखिमलाई धेरै हदसम्म सीमित तुल्याइदिन्छ।  मास्क लगाउनु फाइदाजनक हुन्छ भन्ने आम बुझाइ रहेको पाइन्छ, तर वास्तवमा चिकित्सासँग सम्बन्धित वातावरणमा बाहेक अन्यत्र त्यस्ता मास्कले फाइदा पुर्याउँछन् भन्ने प्रमाण छैनन्। मास्कहरू प्रभावकारी हुनकालागि तिनलाई सहि तरिकाले लगाउनुपर्छ, नियमित रूपमा बदलिरहनुपर्छ र सहि तरिकाले फाल्नु पर्छ। आफ्नो व्यक्तिगत र हातको सरसफाइमा बढी ध्यान दिनु राम्रो हुन्छ।

मानिसको थुक वा छिटाबाट सर्न सक्ने भाइरसबाट जोगिन त्यस्तो सर्जिकल मास्क प्रभावकारी हुने कुरामा विश्वास गरेका छन्। तर हातबाट मुख छोइँदा सङ्क्रमण सर्न सक्ने अवस्थामा पनि त्यस्ता मास्क प्रभावकारी हुने विश्वास गरिएकोछ। त्यसैले विज्ञहरू सर्जिकल मास्क प्रयोग गर्न सल्लाह दिन्छन् । कतिपय देश र शहरहरूले पनि मास्कको प्रयोगलाई प्रोत्साहन गरिरहेका छन् र देशका भिडभाड हुने ठाउँ जस्तै सार्वजनिक यातायात, बजार, पसलहरू, बार तथा होटलहरूमा मास्क अनिवार्य बनाएका छन्। सामाजिक गतिविधिमा संलग्न हुँदा वा अरू घरका मानिसहरूसँग भेट्दा मास्क प्रयोग गर्नु पर्दछ । मास्कको उचित प्रयोग भएमा कोरोनाभाइरस नियन्त्रणमा मद्दत गर्न सक्छ ।

विभिन्न रोगबाट बच्न मानिसको सुरक्षा निम्ति मास्क लगाउनु पर्छ । कोरोना भाइरस भन्दा अघि पनि विभिन्न भाइरसहरू नफैलिएका हैनन्, तर त्यसबेला मास्कबारे विश्वका मानिसहरू अहिलेजति सजग थिएनन् । अहिले भने मास्कको प्रयोग बढेको छ । संक्रमणबाट जोगिन भीडभाड हुने ठाउँ, ठूला पसल, सार्वजनिक यातायातहरुमा जाँदा मास्क अनिवार्य गर्दा संक्रमण फैलिन पाउदैन ।  मास्कलाई सधै अनुहारको तल्लो भागबाट खोल्नुपर्छ । मास्क निरन्तर प्रयोग गर्दा ६ घण्टामा परिवर्तन गर्नुपर्छ । आफ्नो अनुहारमा फिट हुने मास्कको प्रयोग मात्र प्रभावकारी हुन्छ, जस्तै मास्कले नाक, मुख राम्रोसँग ढाकिनुपर्छ । डिस्पोजेवल मास्कको पुन प्रयोग गर्नु हुँदैन । प्रयोगपछि किटाणु नष्ट गरी व्यबस्थापन गर्नुपर्छ । मास्क लगाउँनु र फुकाल्नु अघि हात सावुन पानीले धुनुपर्छ । स्यानिटाइजरको प्रयोग पनि समय समयमा गर्न सकिन्छ । मास्कलाई गर्दनमा पुराएर छोड्नु हुँदैन ।

व्यक्तिगत स्वास्थ्यलाई ध्यान दिएर नेपालमा आम सर्वसाधारणले विभिन्न प्रकारका मास्कको प्रयोग गरेको देखिन्छ । आफूलाई स्वस्थ्य राख्न प्रयोग गरिने मास्कको सही छनोट, लगाउने तरिका र प्रयोग गरिसकेपछि व्यवस्थापनको बारेमा पनि प्रयोगकर्तामा राम्रो जानकारी हुनुपर्छ । सही किसिमको मास्कको उचित प्रयोगले मात्र सम्भावित जोखिमबाट बच्न सकिने अवस्था हुन्छ । यद्यपि, धेरैजसो मास्क केवल मानसिक सन्तुष्टिकै लागि मात्र लगाइरहेको जस्तो देखिन्छ ।

चिकित्सकहरुले संक्रमणबाट बच्नको लागि विभिन्न उपायहरु सुझाएका छन् । नियमित रुपमा हातमुख सफा गर्ने, खोक्दा वा हाच्छिउँ गर्दा मुख छोप्ने, कोरोना भाइरसको संक्रमित व्यक्तिबाट टाढा बस्नुका साथै मास्कको उचित प्रयोग गर्न सुझाव दिएका छन् । श्वासप्रश्वास सम्बन्धी सरुवा रोगको संक्रमणबाट बच्न मास्क जरुरी छ । तर, बजारमा पाइने जस्तोसुकै मास्कले संक्रमण रोक्दैन। सामान्यतयाः चिकित्सकहरूले अस्पतालमा शल्यक्रिया गर्दा प्रयोग गर्ने सेतो वा हल्का हरियो वा निलो रंगको सर्जिकल मास्कलाई बढी सुरक्षित मानिन्छ ।

संक्रमण भएका ब्यक्तिसँग नजिक बस्दा नाक र मुख छोप्ने मास्कले हावा फिल्टर गर्दैन। एन९५ मास्कले भने हावाबाट फैलिने संक्रमण पनि रोक्न सक्ने क्षमता राख्छ। तर बजारमा यो मास्कको अति नै कमी छ । ‘एन९५ मास्क’ले निकै हदसम्म भाइरसबाट बचाउने विभिन्न अनुसन्धानले देखाएका छन् । यद्यपि यो मास्क पनि पूर्ण सुरक्षित भने नहुने बताइन्छ । मास्क लगाए पनि आँखाको माध्यमबाट भाइरस संक्रमण हुनसक्छ । राम्रो गुणस्तरको मास्क लगाउने र समय–समयमा फेर्ने हो भने संक्रमणबाट धेरै हदसम्म सुरक्षित हुने सकिने चिकित्सकहरुको भनाइ छ। सस्तो र नष्ट गर्न सकिने मास्क राम्रोसँग प्रयोग गर्न सके पनि विभिन्न संक्रमणको रोकथाम गर्न सकिने सरुवा रोग विशेषज्ञहरु बताउँछन् । सर्जिकल मास्कको नियमित प्रयोगले अस्पतालका स्वास्थ्यकर्मी र बिरामीलाई विभिन्न संक्रमण र बिरामी हुनबाट जोगाएको पाइएको विभिन्न अध्ययनले देखाएको छ।

मास्कको उचित प्रयोग गर्नु, सामाजिक दुरी कायम गरी भेटघाट गर्नु, राम्रोसँग हात धुनु र संक्रमित व्यक्तिबाट टाढा रहनु महत्वपूर्ण तरिका हो। किनभने सर्जिकल मास्क नाक र मुखमा फिट गर्न सकिँदैन। मुखमा केही ग्याप हुने गर्छ। हावाबाट आएका विभिन्न कणलाई फिल्टर गर्न सक्नु हुन्न। चिकित्सकहरुका अनुसार मानिसले मास्कको प्रयोग सही तरिकाले गर्न नसक्नु सबैभन्दा ठूलो समस्या हो । धेरै मानिसहरुले मास्क लगाए पनि मुखमा हात लैजाने र नाक चलाउने गर्छन्। जसका कारण संक्रमण फैलिन सक्छ।

नेपालमा कोरोना भार्इरसको प्रवेश गर्ने शुरुवाती दिनहरूमा मास्क लगाउने, जरूरी काममा सामाजिक दुरी कायम गरि मानिसहरू सँग भेटघाट गर्ने, कुनै वस्तु छोएमा सावुनपानीले हात धुने, हातधुन तत्काल संभव नभए हैण्ड स्यानीटार्इजर प्रयोग गर्ने, डिस्इन्फेक्सन गरी सामाग्रीको वा स्थानको प्रयोग गर्ने, बाहिरबाट आएका पाहुनाहरू निश्चित समय क्वारेन्टिन बसेर चेक गराएर मात्र आफ्नो घर जाने अवस्था थियो। जुन व्यक्ति, परिवार, समाज र देश सुरक्षित गराउन धेरै संभव थियो । नेपालमा विश्वको तुलनामा विगत वर्षमा त्यति ठूलै क्षति गर्न सकेको थियन तर अहिले नयाँ भेरियन्टको कोरोनाबाट समयमा शतर्क हुन सकिएन भने गम्भिर असर पुग्न सक्ने विज्ञहरूले अनुमान गरेका छन् । पछिल्ला दिनहरूमा स्वास्थ्य सुरक्षाका सामान्य उपाय सम्म पनि अवलम्बन हुन सकेका छैनन् । अहिले मास्क धेरैले लगाउन छोडेको पार्इन्छ । अव युवाहरूको काँधमा ठूलो जिम्मेवारी बोक्नुपर्ने अवस्था छ जुन जिम्मेवारीबाट समाजमा सवैले मास्क प्रयोग गर्ने वातावरण भै खोर्इ तपार्इको मास्क अभियान चलाउने छन् । संङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तहले सही ढंगबाट युवाहरू परिचालन गरी चीनमा हालै प्रयोग गरेको युवा र रेसिडेन्टल कमिटीहरु(RC)लार्इ जिम्मेवारी (पुरा म्यान्डेट) दिएको रणनीति  जस्तै नेपालमा नयाँ रणनीति लागू गरी समयमा कोरोना महामारीलार्इ नियन्त्रण गर्न सकिने छ । महामारी नियन्त्रणमा आम नागरिकको पनि उत्तिकै दायित्व हुन्छ । चीनमा आरसी वकर्सहरुले सेल्फ–क्वारेन्टाइनमा बसेका व्यक्ति र जेष्ठ नागरिकलाई आवश्यक खाद्यान्न घरमै पुर्‍याउँथे । अन्य महत्वपूर्ण कार्यहरुमा कन्ट्याक्ट ट्रेसिङ, हरेक व्यक्तिको नाम दर्ता तथा भेटघाट, बिरामीलाई समुदायको व्यवस्थापनमा राख्ने कार्य र उनीहरुलाई क्वारेन्टाइनका लागि तोकिएको स्वास्थ केन्द्रमा स्थानान्तरणलगायत थियो । ठूलो संख्यामा युवा र कलेजका विद्यार्थी र प्रायजसो पार्टीका सदस्यहरु ‘आरसी’मा स्वयंसेवकका रुपमा जोडिएका थिए । देशभर नै यस्तो मोडल आकर्षित थियो ।

कोरोना भार्इरस संक्रमण विकराल बन्दै गइरहेको बेला मास्क प्रयोगमा भने चरम लापरबाही बढ्दै गएको छ । खोप लगाएको अवस्थामा पनि भार्इरस शरीरमा पस्न नदिन मास्क प्रयोग उत्तम विकल्प हो । मास्क प्रयोग समेत उचित तरिकाले गरेको पाइएको छैन । कसैले नाक छोप्ने तर मुख देखिने त कसैले मुखमात्र छोपेर नाक देखाउने, बोल्दा मास्क चिउडोमा राख्ने, भिडमा जादा समेत देखासिखीका लागि मास्क प्रयोग गर्ने, कसैले हातमा लिएर हिड्छन् र खासै सदुपयोग भएको पार्इदैन । यसरी कोरोनाको संक्रमण दिनानुदिन बढ्दै जादा मास्क लगाउने तरिका र सदुपयोगमा ध्यान दिनुपर्नेमा मास्कको प्रयोगमा चरम लापरवाही बढेको छ । कोरोना जोखिमबाट बच्न मास्क प्रयोग नगर्ने माथि सुरक्षाकर्मी निर्मम बन्नु पर्ने देखिन्छ ।

“तपार्इको मास्क खै ?” भन्ने अभियान चलाउन युवाहरू परिचालन गर्नु पर्ने देखिएकोछ । यस्ता अभियान जनप्रतिनिधि, नागरिक समाजका अगुवाहरू र युवाहरूले सकृय भएर थाल्ने हो भने अज प्रभावकारी हुनेछ । अहिले मास्क नलगार्इ हिड्ने, भिडभाड गर्ने, स्वास्थ्य सूरक्षा नअप्नार्इ गतिविधि गर्न दिने हो भने कोरोना संक्रमणको भयावह स्थिति जटिल बन्न सक्छ । जनताको जीउधनको सुरक्षाका लागि यसमा सरकारले कठोर कदम चाल्नु पर्ने अवस्था पनि सृजना हुन सक्छ । सरकारले नेपालमा कोरोना संक्रमणको दर उच्च बनेको भन्दै यहि अवस्था कायम रहे अस्पताल र सुरक्षाकर्मीले धान्न नसक्ने चेतावनी दिर्इरहेको छ । साथै स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड नअप्नाए एवं हाल देखिएको लापरवाही कायम रहे नेपालमा कोरोना संक्रमणको अवस्था नियन्त्रण बाहिर जाने पनि चेतावनी समेत दिएको छ । संक्रमण दर दिन प्रतिदिन उच्च बनेकोले थप सचेतना अप्नाउन स्थानीय तह, प्रदेश सरकार र सुरक्षाकर्मीलार्इ सजक रहन सरकारले आग्रह गरेकोछ । हामी सवै संक्रमणको अवस्थालार्इ हेरेर गम्भीर हुनुपर्ने जरूरी छ । अव के गर्ने, आफ्नो दायित्व र कर्तब्यलार्इ आजै बुझ्न आवश्यक छ।

मास्क नलगार्इ हिडडुल गर्ने र अनावश्यक भिडभाड गर्नेलार्इ पक्रेर कारवाही गर्नु पर्ने हुन सक्छ, त्यसैले सभ्य नागरिकहरूले समाजमा संक्रमण फैलिनबाट जोगाउन अनिवार्य मास्क लगाउ। आफू सङ्क्रमित हुन र अरूलाई पनि त्यसको जोखिमबाट जोगाउन मास्कले धेरै हदसम्म सहयोग पुर्‍याउने हुदा आफु, आफ्नो परिवार, समाज र देशलार्इ सुरक्षित बनाउन मास्क लगाउ, सरसफार्इमा ध्यान दिउ । जीवन रहे देश र समाजका लागि धेरै सहयोग गर्न सकिन्छ ।

अहिले मानिसहरूले मास्कको प्रयोग अति न्यून रूपमा प्रयोग गरेको पार्इन्छ। भिडभाड, बजार, भेला, यात्रा आदिमा जादा पनि मास्कको प्रयोग हुन छोडेको छ । कोरोना भार्इरसको संक्रमणबाट बच्न स्वास्थ्य सुरक्षा अप्नार्इएका छैनन् । यसरी मास्कको प्रयोग समेत नगरी खुल्लम खुला भिडभाड, बजार, सार्वजनिक यातायातमा यात्रा गरि रहेका छन् । शुरूका दिनमा त्यति सुरक्षा अप्नाउदा कोरोनाको कहर ब्यापक भएको सवैलार्इ थाहैछ । यसरी सामान्य स्थिति जस्तै गरेर यातायातमा यात्रा गर्ने, होटल ब्यवसायमा पनि सुरक्षा विधि नअप्नाउने, कार्यालय, हाटबजार, पसल आदिमा पनि स्वास्थ्य सुरक्षाको ख्याल नगर्ने  र यस्तै प्रवृति बढ्न दिने हो भने यसले मानव अस्तित्व माथि ठुलो क्षति पुराउन सक्ने देखिन्छ । स्वास्थ्य सुरक्षा नअप्नाउनेहरूका लागि जिम्मेवार को हुने, के सरकार एक्लै नियन्त्रण गर्न सक्छ, के यहाँ बुध्दिजिवि वर्ग नभएको हो वा धेरै बुध्दिजिवि भएको हो, कोरोनाको संक्रमणबाट मृत्यु भएमा लासलार्इ त छुन नसकिने अवस्थामा जवाफ कसले दिने केहि, सामान्य सुरक्षा अप्नाउन नसक्ने हामीले के देशका असल नागरिक भएर सभ्य समाज बनाउन सकिएला, यदि आफुलार्इ कोरोनाबाट संक्रमित हुन बाट जोगाउन सकिएन भने आफ्नो परिवार, समाज, देश र विश्व नै ध्वस्त हुनबाट जोगाउन सकिएला ?, अनि ब्यक्ति समाजको अस्तित्व जोगाउन सकिएला ?, कोरोनाको समाजमा फैलिसकेको छ यसलार्इ कसरी संक्रमणबाट जोगाउन सकिएला भन्ने केहि सोच विचार छ कि ?, यस्ता महामारी फैलिनबाट जोगाउन सहयोग नगर्नेहरूलार्इ के संक्रामक रोग नियन्त्रण कानुन बमोजिंम अगाडि बढ्नु पर्ने हो ? र, हाम्रो यस्तै मास्क नलगार्इ हिड्ने, सामाजिक दुरी कायम नगर्ने, बाहिरबाट आएकालार्इ अलग सुरक्षित नराखि समाजमा घुलमिल गराउने, भिडभाड गर्ने, सुरक्षा विधि नअप्नार्इ ब्यापार ब्यवसाय गर्ने जस्ता लापर्वाही बढ्दै जाने हो भने एकदिन पक्कै पनि ठूलो दुर्घटना हुनेछ र आफुले आफुलार्इ पनि पहिचान गर्न सक्ने अवस्था रहने छैन ।

भाइरसहरूबाट बच्न र बचाउन भौतिक दूरी बनाई राख्ने, हातहरूलाई सधैं कहींकतै प्रयोग गरिसकेपछि साबुनपानीले धोएर सफा राखी राख्ने, सेनिटाइजर प्रयोग गर्ने, ध्यानपूर्वक अनिवार्य रूपमा मुखमा मास्क प्रयोग गर्ने र खोक्दा/हाच्छ्युँ गर्दा कुइनोले छोप्ने आदि महत्वपूर्ण बानी बसाल्नुपर्छ । डबल म्युटेनको कोरोना भार्इरसबाट बच्न हामी सवैले पूर्ण रूपमा स्वास्थ्य मापदण्डको पालना गरी अनिवार्य रूपमा गुणस्तरीय मास्क गर्नै पर्दछ । सञ्चार माध्यम र सञ्चारकर्मीहरूबाट पनि जनचेतनामूलक सन्देश प्रवाह गरौं । भार्इरसलार्इ सवै मिलेर परास्त गरौं भन्ने हार्दिक अपिल गर्दछु ।

(लेखकः नेपाल सरकारका उपसचिव एवं सैनामैना नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्छ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *