बारा, २१ वैशाख । बारामा सिमेन्ट बोकेको ट्रकमा आगलागी हुँदा १८ लाखको क्षति भएको छ । हेटौडाबाट सिम्रौनगढ तर्फ सिमेन्ट बोकेर आउँदै गरेको ना.४ ख. ९५९८ नम्बरको ट्रकमा आगलागी भएको हो । आगलागीबाट करिब २ लाख ५६ हजार मूल्यको सिमेन्ट ४ सय २० बोरा र १५ लाख ४४ हजार रुपैयाँको ट्रकमा क्षति पुगेको हो ।
ट्रकको पछाडिको चक्का पड्किएर अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो। इलाका प्रहरी कार्यालय निजगढ, अस्थायी प्रहरी पोष्ट झुरझुरबाट ११ जना प्रहरी टोली र दुईवटा दमकलको सहयोगमा आज बिहान ९ः४५ बजे आगो नियन्त्रणमा लिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *