काठमाडौँ, २१ वैशाख ।भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२१ लाई अनिश्चितकालको लागि स्थगित गरेको छ । कोरोना भाइरस संक्रमण बढेपछि र एकपछि अर्को खेलाडीलाई कोरोना संक्रमण देखिएपछि आइपिएल अनिश्चितकालको लागि स्थगित हुन पुगेको हो ।
चार फ्रेन्चाइज टोली चेन्नई सुपर किंग्स, दिल्ली क्यापिटल्स, कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदराबादको टोलीमा कोरोना देखिएसँगै अनिश्चित समयको लागि स्थगित भएको हो । हिजो कोलकाता नाइट राइडर्सका दुई खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको थियो । चेन्नई सुपर किंग्सका बलिङ प्रशिक्षक एल बालाजी सहित तीन जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । आज सनराइजर्स हैदराबादका विकेटकिपर ऋद्धिमान शाह र दिल्ली क्यापिटल्सका स्पिनर अमित मिश्रालाई पनि कोरोना संक्रमण पुष्टि भएपछि आइपिएल अनिश्चित समयको लागि स्थगित हुन पुगेको हो ।
अप्रिल ९ देखि सुरु भएको आइपिएलमा आज हैदराबाद र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुने कार्यक्रम तय थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *