वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दैनिक उपभोग्यवस्तुहरु तीन महिनाको लागि पुग्ने गरी स्टक रहेको जनाएको छ । विभागका महानिर्देशक प्रकाश पौडेलले चामल, दाल, नुन, तेल, चिनी लगायतका दैनिक उपभोग्यवस्तुहरु पूणर् रुपमा लकडाउन भएको अवस्थामा पनि ३ महिनालाई पुग्नेगरी बजारमा स्टक रहेको र खाद्यपदार्थको अभाव नहुने भएकाले आत्तिनु नपर्ने पनि बताउनुभयो । उहाँले बजारमा खाद्य पदार्थको उपलब्धता सहज रुपमा हुने भन्दै उपभोक्तालाई आवश्यकताभन्दा बढी खरिद गरी संचय नगर्न पनि आग्रह गर्नुभयो ।
त्यस्तै दैनिक उपभोग्य वस्तुहरुको अस्वभाविक मूल्यवृद्धि भएको खण्डमा मूल्यवृद्धि गराउने लाई कारबाही गरिने उहाँले बताउनुभयो । बजारको अवस्थाको सम्बन्धमा विभागले दैनिक रुपमा अनुगमन गरिरहेको उहाँको भनाइ छ । यता उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिनाले बजारमा आपुर्तिको समस्या नभएपनि केही दैनिक उपभोग्य वस्तुहरुको अस्वभाविक रुपमा मुल्यवृद्धि भइरहेको बताउनुभयो । विभागले बजार अनुगमन गरी कालोबजारी गर्नेलाई कडा कारबाही गर्नुपर्ने उहाँको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *