काठमाडौँ, २२ वैशाख । इंग्लिस क्लब म्यानचेस्टर सिटी इतिहासमा नै पहिलो पटक यूईएफए च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । गएराती फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई २-० ले पराजित गर्दै समग्रमा ४-१ को जितसँगै सिटी पहिलो पटक फाइनल पुगेको हो ।
हिजो भएको सेमिफाइनलको दोस्रो लेगमा सिटीका तर्फबाट दुवै गोल विंगर रियाद माहरेजले गरेका हुन् । घरेलु मैदान इतिहास रंगशालामा सिटीले ११ औं मिनेटमा माहरेजको गोलमा अग्रता लिएको थियो । सिटीले ५१ वर्षमा पहिलो पटक युरोपेली प्रतियोगिताको फाइनल खेल्दैछ जसमा चेल्सी र रियल म्याड्रिडको आज हुने दोस्रो सेमिफाइनल खेलको विजेतासँग खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *