कुश्मा ज्ञवाली, सैनामैना रूपन्देही

रोइ कराइ गिड्गिडायो नरमाइलो प्रहर देखायो। भाचियो खुट्टा जब उसले घुम्ने रहर देखायो। ओइलाएका सपनाहरु गोडमेल गर्दै मेरो सामु, थोकको भाउमा बिक्ने अजनवी सहर देखायो। तुहिएर सकिदा जीवन बाच्ने इच्छा मरेपछि, ऊ नजिक आयो अमृत भनि जहर देखायो। हो त्यो वास्तवमै म मरेको पल थियो र त, उसले मलामी जाने मान्छेको लहर देखायो।

आफ्नो प्रेम जोगाउन नारीको इमान बेचिएछ । धन कमाउने भनि प्रदेशमा जवान बेचिएछ।। खुसी किन्ने सपना बोकी स्वदेश फर्किदा, आफुले बचपन बिताएको मैदान बेचिएछ।। प्रेमिकालाई उपहार कीनिदिने निहुँमा, आमाको त्यो अन्तिम निशान बेचिएछ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *