काठमाडौँ, २८ वैशाख । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले पीसीआर परीक्षण स्थगित गरेको छ । आज एक सूचना जारी गर्दै विशेष कारणवश अर्को व्यवस्था नभएसम्मका लागि पीसीआर परीक्षण स्थगित गर्नुपरेको अस्पतालले जनाएको हो ।
अस्पतालका निर्देशक डा. सागर राजभण्डारीका अनुसार पीसीआर परीक्षणका लागि आवश्यक पर्ने एक्सट्रयाक्सन किट सकिएकाले परीक्षण स्थगित गर्नु परेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *