काठमाडौँ, २८ वैशाख । काठमाडौँ उपत्यकामा कोरोना भाइरस संक्रमणको रोकथाम र नियन्त्रण गर्न जारी भएको निषेधाज्ञा दुई साता थप हुने भएको छ । यससगँै अब आगामी जेठ १३ गतेसम्म निषेधाज्ञा जारी हुनेछ ।
काठमाडौँ उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले वैशाख १६ गतेदेखि सुरु भएको निषेधाज्ञाको अवधि कडाइका साथ लागु गर्ने गरी दुई साता थप गर्दै आगामी जेठ १३ गतेसम्म जारी गर्ने निणर्य गरेको हो ।
यसअघि जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बैठकले थप दुई साता निषेधाज्ञा गर्न सिफारिस गरिसकेको थियो। त्यस्तै काठमाडौँ उपत्यकाभित्रका मेयरहरुले पनि थप १५ दिने निषेधाज्ञा गर्न सुझाव दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *