काठमाडौँ, २८ वैशाख । देशकै ठूलो कालिमाटी फलफूल तथा तरकारी बजारबाट हुने खुद्रा कारोबार बन्द गरिएको छ । अत्यधिक भिडका कारण कोरोना जोखिम बढेको भन्दै आज जिल्ला प्रशासन कार्यालय काठमाडौंको अनुगमन पछि फलफूल तथा तरकारीको खुद्रामा हुने कारोबार निषेधाज्ञा अवधिभर बन्द गर्ने निणर्य भएको बजार विकास समितिले जनाएको हो ।
खुद्रामा तरकारी किन्न आउने बहानामा सडकमा मानिसहरुको आवागमन बढेको र बजारमा पनि भिड भएको निष्कर्षपछि खुद्रा कारोबार बन्द गर्ने निणर्य भएको समितिका कार्यकारी निर्देशक विनोद कुमार भट्टराईले बताउनुभयो । बजारमा रहेका स्टलबाट थोक तरकारी तथा फलफूलको कारोबार भने नियमित सञ्चालनमा रहने बताउँदै बजारको अघिल्लोतर्फ रहेको किसान बजार र खुद्रामा तरकारी बिक्री गर्ने खाली क्षेत्र क्रमशः बन्द गर्दै लगिने उहाँको भनाइ छ । हाल होलसेल बजारमाबाट तरकारीको खुद्रा कारोबार पनि गर्न नपाइने कार्यकारी निर्देशक भट्टराईल बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *