काठमाडौँ,२९ वैशाख । खुकुरी नेपाल सुपर (एनएसएल) को प्ले अफको दोस्रो खेलमा अहिले साँझ ५ः३० बजेपछि ललितपुर सिटी एफसी र बुटवल लुम्विनी एफसीबीच प्रतिस्पर्धा हुँदैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।
दुवै टोली जित निकाल्दै प्रतियोगितामा अघि बढ्ने लक्ष्यमा छन् । आजको खेलमा वर्तमान समयमा राष्ट्रिय टोलीबाट नियमित खेलिरहेका फरवार्डद्वय अन्जन विष्ट र अभिषेक रिजालको प्रतिस्पर्धाका रुपमा पनि लिन सकिन्छ । ललितपुरका कप्तान समेत रहेका अन्जनले प्रतियोगितामा उच्च प्रदर्शन गरिरहेका छन् भने अभिषेकले पछिल्ला दुई खेलमा प्रभाव जमाउन सकेका छैनन् । अभिषेक चाडका फरवार्ड अर्मान्ड बेदुमको स्थानमा आएका हुन् ।
यस खेलमा विजयी हुने टोलीले दोस्रो इलिमेटरमा भोली नै काठमाडौं रेजर्सको सामना गर्नेछ । काठमाडौं रेजर्सले पहिलो प्ले अफमा धनगढी फुटबल क्लबसँग अतिरिक्त समयमा २-१ ले पराजित भएपछि फाइनल प्रवेशको अर्को मौका पाएको हो । धनगढीले भने फाइनलमा स्थान पक्का गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *