काठमाडौँ, २३ जेष्ठ ।
नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपाल जितको लक्ष्यसाथ उत्रने बताउनुभएको छ । जोर्डन नेपालभन्दा बलियो टोली भएपनि दुवै टोलीका लागि खेल गोलरहित बराबरीमा सुरु हुने हँुदा मैदानमा गरेको प्रदर्शन अनुसार नै नतिजा आउने बताउँदै सुरुवातदेखि नै टिमको लक्ष्य जित हासिल गर्ने नै हुने उहाँले बताउनुभयो ।
‘कतिपय संचारमाध्यममा जोर्डन निकै बलियो रहेको र नेपालको कुनै सम्भावना नरहेको भन्ने देखेको छु । तर फुटबलमा त्यसो हुँदैन । हामीले उत्तर म्यासेडोनियाले जर्मनीलाई पराजित गरेको देखेका छौं,’ उनले भने, ‘जोर्डन बलियो टोली हो । हामीले उक्त खेलका लागि आफ्नो तर्फबाट मिहिनेत गरिरहेका छौं ।’ उहाँले बताउनुभयो ।
नेपाल र जोर्डनको खेलको नतिजामा कुवेतको एसियन कप खेल्ने सम्भावना पनि अडिएको छ । कुवेतकै नागरिक भएको हुनाले पनि जोर्डनविरुद्ध खेल थप विशेष हुने प्रशिक्षक अलमुताइरीले बताउनुभयो ।
नेपालले भोली जोर्डनको सामना गर्दैछ । खेल नेपाली समयअनुसार रातको ९ः४५ बजे सुरु हुनेछ । भोली नै हुने अर्को खेलमा अष्ट्रेलिया र चाइनिज ताइपेइ भिड्दैछन् । समूहमा अष्ट्रेलियाको ५ खेलमा १५ अंक छ । दोस्रो स्थानमा कुवेतले ६ खेलमा १० तथा जोर्डनले ५ खेलमा १० अंक जोडेको छ । नेपालको ६ अंक हुँदा ताइपेइ अंकविहिन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *