काठमाडौँ, २४ जेष्ठ । गायिका प्राश्ना शाक्यको ‘भाग्य लेख्ने मसी’ बजारमा सार्वजनिक भएको छ । गीतकार शान्तिराम भट्टराईको शब्दमा रचित यस सुमधुर गीतमा वरिष्ठ संगीतकार शक्ति बल्लभको संगीत रहेको छ भने मनोहर सुनामले संगीत संयोजन गर्नुभएको छ । स्टुडियोमा रेकर्डिङ अवस्थाको भिडियोसहितकोे यस गीतमा रेकर्डिङ तथा मिक्सिङको कार्य भने भोला पौडेलले गर्नुभएको छ । मानिसहरुले भोग्ने दुःखलाई शब्दमार्फत् व्यक्त गरिएको यस गीतको भिडियो सुरेश पन्तको छायाँकन तथा सम्पादनमा निर्माण भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *