काठमाडौँ, २४ जेष्ठ । भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या घट्ने क्रममा रहेको बताइएको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक लाख भन्दा केही धेरै मात्रै नयाँ संक्रमित थपिएका छन्।
मन्त्रालयका अनुसार हिजो थपिने नयाँ संक्रमितको संख्या एक लाख ६३६ रहेको छ। यस्तै पछिल्लो २४ घण्टामा कोभिड-१९ का कारण दुई हजार ४२७ जनाको ज्यान गएको मन्त्रालयले उल्लेख गरेको छ।
भारतमा कुल संक्रमितको संख्या दुई करोड ८९ लाख भन्दा धेरै पुगेको छ भने कोभिड-१९ बाट तीन लाख ४९ हजार भन्दा धेरैको ज्यान गएको छ।
पछिल्लो केही दिनयता दोस्रो लहरको संक्रमण लगातार कम हुँदै गएको देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *