काठमाडौँ, २४ जेष्ठ । नेकपा एमालेका नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका स्थायी कमिटी सदस्यहरूबीच अहिले छलफल जारी छ । नेकपाका अध्यक्ष केपी शर्मा ओलीद्धारा पार्टी एकताका लागि राखिएका प्रस्तावबारे केन्द्रीत रहेर आज बिहान ११ बजेदेखि सो छलफल जारी रहेको छ । भर्चुअल रूपमा भएको छलफल हिजो बेलुकी ओलीद्धारा राखिएका ६ बुँदे प्रस्तावका पक्षमा केन्द्रीत रहेको बताइएको छ।
ओलीले पार्टीलाई २०७५ जेठ २ मा फर्काउन तयार रहेको बताउनुभएको छ तर त्यसका लागि उहाँले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीका बनाउन नेपाल पक्षका सांसदले गरेका हस्ताक्षर फिर्ता लिनुपर्ने शर्त राख्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *