काठमाडौँ, २५ जेष्ठ ।
प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ भोली हुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको स्वास्थ्यमा हिजो समस्या देखिएपछि उक्त सुनुवाइ सारिएको थियो । प्रधान्यायाधीश राणाको स्वास्थ्यमा समस्या आएपछि सुनुवाइ भोली बुधबारका लागि तय भएको सर्वोच्च अदालतका प्रवक्ता देवेन्द्र ढकालले जानकारी दिनुभयो ।
इजलास गठनकै विषयमा विवाद भएपछि विषयवस्तुमा केन्द्रित भएर अहिलेसम्म सुनुवाइ प्रारम्भ हुन सकेको छैन । उक्त विवादमा ३० रिट निवेदन परेका छन् ।
प्रधानन्यायाधीशका अध्यक्षतामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुने संवैधानिक व्यवस्था रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *