काठमाडौँ, २५ जेष्ठ । कोरोना भाइरसको उपचार तथा रोकथामका लागि जर्मनीले उपलब्ध गराएको स्वास्थ्य सामग्री नेपाल आइपुगेको छ। आज त्रिभूवन विमानस्थलमा नेपालका लागि जर्मनीका राजदूत रोनाल्ड स्याफरले १ सय १२ थान भेन्टिलेटरसहितका स्वास्थ्य सामग्री स्वास्थ्यमन्त्री शेरबहादुर तामाङलाई हस्तान्तरण गर्नुभएको हो ।
जर्मनीले २० लाख ६८ हजार ५०० थान केएन ९५ मास्क, २९ हजार थान अक्सिमिटर, ३ करोड ४० लाख ३० हजार थान सर्जिकल मास्क, ५ आइसोलेशन टेन्ट, चार सय गमबुट तथा २५ हजार लिटर ह्याण्ड स्यानिटाइजरसहितका सामग्री सहयोग गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *