काठमाडौँ, २५ जेष्ठ । काठमाडौं महानगरपालिका-६ बौद्धस्थित बौद्ध प्लानिङ क्षेत्रमा जलेको अवस्थामा एउटा खुट्टा फेला परेको छ । महानगरीय प्रहरी वृत्त बौद्धका अनुसार दुबो टिप्न जाँदा एक महिलाले जलेको खुट्टा देखेपछि आज बिहान बौद्ध प्रहरीमा खबर प्राप्त भएको प्रहरीले बताएको छ ।
फोहोर फाल्ने ठाउँमा बोरामा पोको पारेर खुट्टामात्रै फालिएको थियो। पुरुषको हो कि महिलाको छुट्याउन नसकिने गरी जलेको अवस्थामा खुट्टा भेटिएको थियो।
बौद्धका प्रहरी नायब उपरीक्षक नवीन कार्कीका अनुसार घुँडामुनिको भागमात्रै फेला परेको छ भने त्यसको नजिकै एउटा टिसर्ट पनि फेला परेको छ।
प्रहरी नायब उपरीक्षक कार्कीले घटनाको प्रकृति हेर्दा हत्याको आशंका मजबुत देखिएको बताउँदैे हिजोआजको घटना नभएको भन्ने प्रारम्भिक अनुसन्धानबाट देखिने बताउनुभयो ।
कार्कीका अनुसार घुँडामुनिको भाग काटेर त्यहाँ फालिएको अवस्थालाई हेर्दा यो घटनामा या त हत्यापछि शव जलाएर शरीरका अरू भाग अन्यत्रै फालिएको या जलिनसकेको भाग काटेर यहाँ फालिएको, या त जलाएर हत्या गरेपछि बाँकी रहेको शरीरको भाग फाल्ने क्रममा क्रममा एउटा खुट्टा त्यहाँ ल्याइएको आँकलन गर्न सकिन्छ ।
जलेको भाग अनुसन्धानका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएसँगै महानगरीय प्रहरी वृत्त बौद्ध, महानगरीय अपराध महाशाखाको टोली घटनाको अनुसन्धानमा जुटेको उहाँले बताउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *