काठमाडौँ, २५ जेष्ठ । सरकारी स्वामित्वमा सञ्चालित साल्ट ट्रेडिङ कर्पोरेसनले २० प्रतिशत छुट बिहान मात्र दिने भएको छ । शुक्रबारदेखि सरकारले सिमित वस्तुमा दिएको सो छुट आजदेखि भने बिहान ७ बजेदेखि ९ बजेसम्म खाद्यान्नमा मात्र छुट दिन लागिएको हो ।
छुटमा खाद्य पदार्थ खरिद गर्न धेरै सेवाग्राहीको भिड बढेपछि कम्पनीले बिहान दुई घण्टा मात्र बिक्री काउन्टर खुला गरेर सहुलियतको खाद्य पदार्थ बिक्री गर्ने निणर्य गरेको हो । ‘काठमाडौं जिल्ला प्रशासनबाट जारी निषेधाज्ञासम्बन्धी आदेशअनुसार आज जेठ २५ गतेदेखि बिहान ७ देखि ९ बजेसम्म मात्र बिक्री कक्षहरु खुल्ला रहने जानकारी गराइन्छ,’ कम्पनीले जारी गरेको सूचनामा भनिएको छ ।
साल्ट ट्रेनिङ कर्पोरेशनले आप्नो उत्पादनबाट पाँच जनाको परिवारलाई एक महिनाका लागि पुग्ने खाद्य पदार्थ सरकारले तोकेको २० प्रतिशत छुटमा दिएको थियो । अब कम्पनीले दुई किलो पिठो, चिनी, नून, एक लिटर तेल र एक सिलिण्डर ग्यासमा छुट दिनेछ ।
छुटपछि अब पिठोको मूल्य रु ४४, चिनीको मूल्य रु ६३, नून रु १६, तेल प्रतिलिटर रु १८८ र ग्यास प्रतिसिलिण्डर रु एक हजार १२० मा बिक्री गरिएको छ । यस्तै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दुई किलो कणर्ालीको सिमी र ३० किलो चामल (कम्पनीसँग रहेको बासमती र मार्सी बाहेकको चामल) मा २० प्रतिशत छुट दिने निणर्य गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *