काठमाडौँ, २८ जेष्ठ ।
नेपालले आज फिफा विश्वकप-२०२२ तथा एसियन कप-२०२३ अन्तर्गत दोस्रो चरणको छनोटको अन्तिम खेलमा अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्दैछ । कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा नेपालले अष्ट्रेलियासँग राति ९ः४५ बजे खेल खेल्ने तय भएको हो ।
विश्वकप छनोटको तेस्रो चरणमा पुग्ने मौका नेपालले गुमाए पनि प्ले अफको माध्यमबाट एसियन कप छनोटको तेस्रो चरण पुग्ने सम्भावना भने बाँकी रहेको छ । पाँच पटक विश्वकप खेलिसकेको अष्ट्रेलिया भने नेपाललाई हराएर विश्वकपको तेस्रो चरणको छनोटमा पुग्न चाहन्छ ।
अष्ट्रेलियाका मुख्य प्रशिक्षक ग्राहम आर्नोल्डले नेपाली टिम मेहेनती टिम भएको बताउँदैे नेपालसँग खेल्न उत्साहित रहेको बताउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *