काठमाडौँ, ७ अषाढ ।
युरोपेली च्याम्पियनसिपमा आज समूह चरणका विभिन्न चार खेलमा प्रतिस्पर्धा हुँदैछ । आज राति समूह ‘सी’ र समूह ‘बी’ मा अन्तिम चरणका खेलहरु हुने भएको हो ।
समूह ‘सी’ मा नर्थ म्यासेडोनियाले नकआउट चरणमा पुगिसकेको नेदरल्यान्ड्सको सामना गर्दा युक्रेन र अष्ट्रियाले एक आपसमा खेल्नेछ । दुवै खेल नेपाली समयअनुसार एकै समय राति ९ः४५ बजे हुनेछ ।
यस्तै समूह ‘बी’ मा रसिया र डेनमार्क तथा फिनल्यान्ड र बेल्जियमबीचको खेल नेपाली समयअनुसार एकै समयमा राति १२ः४५ बजे हुने तय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *