काठमाडौँ, ९ अषाढ । भारतमा गत २४ घण्टामा ५० हजार ८ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै भारतमा कोरोना संक्रमितको संख्या तीन करोड नाघेको छ। केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म भारतमा ३ करोड २८ हजार ७ सय ९ जनामा संक्रमण पुष्टि भएको र ती मध्ये २ करोड ८९ लाख ९४ हजार ८ सय ५५ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै बितेको २४ घण्टाको अवधिमा ६८ हजार ८ सय १७ जना संक्रमणमुक्त भएका छन् भने १३ सय ५८ जनाको मृत्यु भएको छ। कुल संक्रमित मध्ये ३ लाख ९० हजार ६ सय ६० जनाले ज्यान गुमाएका छन्।
अहिले भारतमा ६ लाख ४३ हजार भन्दा धेरै सक्रिय संक्रमित रहेका मन्त्रालयले आज जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *