काठमाडौँ, ९ अषाढ । आज देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
कणर्ाली र सुदूरपश्चिममा भने अन्य प्रदेशको तुलनामा कम वर्षाको सम्भावना रहेको छ । हाल मनसुनी न्युन चापीय रेखा नेपालको दक्षिणी भूभाग भारतको बिहार क्षेत्रमा रहेकाले प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा त्यसको असर बढी र कणर्ाली , सुदूरपश्चिमतिर कम पर्ने भएको हो । मनसुनी न्यून चापिय रेखा रहेको स्थानमा बढी पानी पर्ने गर्दछ ।
आज दिउँसो धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । तर राति भने त्यस्तो सम्भावना केही स्थानहरुमा मात्र छ । भोली र पर्सि पनि आजको जस्तै अवस्था रहने पूर्वानुमान विभागले गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *