काठमाडौँ, ९ अषाढ । अमेरिकी राष्ट्रपति जो बाइडनले प्राथमिकताका साथ उठाउँदै आएको चुनावमा सुधारको विषय समेटर बनाइएको विधेयकलाई अमेरिकी रिपब्लिकनहरूले विफल बनाइदिएका छन्। हुलाकबाट गरिने मतदानलाई सहज बनाउने उक्त विधेयक पक्ष र विपक्षमा समान ५०-५० मत खसेपछि विफल भएको हो ।
मत विभाजनतर्फ १०० सदस्य सिनेटमा अधिकांश कानूनका प्रस्ताव अघि बढ्न ६० मत आवश्यक पर्छ । तर माथिल्लो सदनमा दुई दलबीचको विभाजन ५०-५० रहँदा सहजै नयाँ बिधेयक पास हुने सम्भावना कम छ।
हाउस अफ रिप्रिजेन्टेटिभ भनिने अमेरिकी तल्लो सदनमा गएको मार्चमा डेमोक्र्याटहरूले ल्याएको ‘फर द पिपुल एक्ट’ लगभग दलीय आबद्धताका आधारमा सांसदहरू उभिए पनि पारित भएको थियो । त्यसबेला विधेयकको विपक्षमा उभिएका रिपब्लिकनहरूलाई एक जना डेमोक्र्याटले साथ दिएका थिए ।
नयाँ चुनावी विधेयकमा चुनावी अभियानमा दिइएका चन्दासहितका योगदानलाई थप पारदर्शी बनाउन र निर्वाचन क्षेत्रहरू निर्धारण गर्दा दलीय प्रभाव कम हुने सुनिश्चित गर्न खोजिएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *