काठमाडौँ, २४ अषाढ । नेपाली कांगेसका महामन्त्री शशांक कोइरालाले निर्धारित मितिमै महाधिवेशन हुने नहुनेमा प्रश्न उब्जिएको बताउनुभएको छ । आज पत्रकारसँगको कुराकानीमा महामन्त्री कोइरालाले विभिन्न जिल्लाबाट उजुरी आएको भन्दै असारभित्र क्रियाशील सदस्य टुंगो नलागे महाधिवेशनप्रति आशंका पैदा हुने बताउनुभएको हो । विवाद टुंगो लगाउन अथक प्रयास गरिरहेको बताउँदै टुंगो नलगाइकन महाधिवेशनमा जान नसकिने कोइरालाको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *