काठमाडौँ, २४ अषाढ । वीर अस्पतालले ८ सय ३१ कर्मचारीको दरबन्दी थपेको छ। २१ असारमा बसेको मन्त्रिपरिषद्को बैठकले वीरमा १ प्रमुख विशेषज्ञ, १ प्रशासनतर्फको सहसचिवसहित ८ सय ३१ कर्मचारी दरबन्दी थप गरेको हो। कर्मचारी दरबन्दी थपिएसँगै साविकको बेड संख्या ४ सय ६० बाट बढाएर ९ सय ६६ शैय्या बनाइएको छ। यस्तै, १९ विभागलाई २९ वटा बनाइएको छ भने ७ इकाईलाई बढाएर ९ बनाइएको छ।
यस्तै दरबन्दीमा सबैभन्दा बढी ७ सय ४ जना नर्सिङ स्टाफ थपिएका छन्। जसमा नर्सिङ अधिकृत १९ जना र नर्सिङ स्टाफ ६ सय ८५ जना रहेका छन्।
दरबन्दी थपिएसँगै नर्सिङ स्टाफको दरबन्दी ८८७ पुगेको छ।
चिकित्सकमा १ सय ८६ जनाको दरबन्दी स्वीकृत भएको छ जसमा ११ औं तह (प्रमुख कन्सल्ट्यान्ट) १७ जना, ९ औँ र दशौं तह (कन्सल्ट्यान्ट) १ सय १६ जना, ८ औं तह (मेडिकल अधिकृत) ४९ जना र डेन्टल सर्जन ४ जनाको दरबन्दी थपिएको छ।
यसअघि ११ औं तहका चिकित्सक ३७ जना, १० र ९ औं तहको चिकित्सक ७३ जना, मेडिकल अधिकृत ६४ जना रहेका थिए ।
दरबन्दी थपिएसँगै वीरमा चिकित्सकको संख्या ३ सय द६० जना पुगेको छ। यसैगरी, स्वास्थ्य प्राविधिकतर्फ पाँचौं, छैटौँ र सातौँ गरी ५३ दरबन्दी थपिएको छ। स्वास्थ्य प्राविधिक चौथो, पाँचौ र छैटौबाट भने हाल कायम १२ दरबन्दीबाट घटाएर ९ दरबन्दी कायम गरिएको छ ।
अन्य प्राविधिक अधिकृत सातौ, आठौतर्फ ३३ दरबन्दी थपिएको छ। यसअघि सो सेवामा १० दरबन्दी मात्रै रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *