काठमाडौँ, २४ अषाढ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने आज राती इंग्ल्यान्ड जाँदै छन् । दुई सातापछि इंग्ल्यान्डमा हुने द हन्ड्रेन्ड (एक सय बल) को खेल खेल्न सन्दीप आज राती ११ बजे त्यसतर्फ लाग्ने भएका हुन् ।
द हन्ड्रेन्ड २२ जुलाई देखि २१ अगष्ट सम्म चल्ने छ । प्रतियोगितामा आठ टोली रहेका छन् । राउन्ड रोविन लिगको आधारमा प्रतिस्पर्धा हुने छ । सन्दीपको टोलीले उद्धघाटन खेलमा म्यानचेस्टर ओर्जिनल्ससँग खेल्ने छ । सन्दीप सम्मिलित टोलीमा स्याम करन, जेसन रोय, सुनिल नारायण, कोलिन इनग्राम, टम करन र साम बिलिंग्स लगायतका खेलाडी छन् ।सन्दीपले द हन्ड्रेडमा हालसम्मकै सर्वाधिक पारिश्रमिक एक लाख पाउन्ड झण्डै १ करोड ५० लाख नेपाली रुपैयाँ बराबर पाउने भएका छन् ।
इंग्ल्यान्ड सरकारको नियम अनुसार सन्दीप १० दिन अनिवार्य क्वारेनटाइनमा बसी सोे समयमा दुई पटक कोरोना परिक्षण गर्नुपर्ने हुन्छ । परिक्षण नेगेटिभ आएमा मात्र सन्दीप ओभल इन्भीनसिभलससँग जोडिन पाउने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *