सुलोचना देवकोटा

भन्छन् आसुँहरुको अर्थ हुन्छ रे?हामीले अर्थयाउन मात्र सक्नु पर्छ रे।मैले धेरै रोइरहेका मान्छेको सङ्गत गरेको छु। यसो भनिरहँदा मैले आखाँबाट आउने आँसुको कुरा गरिरहेको हैन नि फेरि आत्माबाट आउने आसुँको कुरा गर्दै छु म।यस्तो पनि हुन्छ र भन्ने लाग्थ्यो।

हामी के का लागि मरिहत्ते गरिरहेका छौँ यहि एउटा सास राख्नको लागि हैन र?

आजकल बिस्तारै बुझ्दै छु।मान्छे कहिँ न कहिँ हृदयमा समान दु:ख बाँचेको हुन्छन्।दु:खका कारण फरक फरक भएतापनि दुख्ने त आखिर सबैलाई बराबर त हो नि उस्तै। हामी के का लागि मरिहत्ते गरिरहेका छौँ यहि एउटा सास राख्नको लागि हैन र?सन्तान जन्माउने, हुर्काउने, बढाउने, पढाउने ठूलो मान्छे बनाउने रे।यी सब हाम्रा कर्तब्य हुन् एउटा अभिभावक भएर आफ्नो सन्तानको लागि गर्ने ।तर यत्रो गर्ने हाम्रा बुबाआमालाई हाम्रो जरुरत हुदाँ किन हामी टाढा हुन खोजिरहेका हुन्छौ।बाआमा आर्तनाद भएर बिस्तारामा छट्पटाईरहँदा किन हामी ढाडस बन्न सकिरहेका हुदैँनौ।भोलि बाआमाको जस्तो हाम्रो जिन्दगी हुदैँन भन्दै किन दम्भ देखाइरहेका हुन्छौ हामी।किन हामी दिनानुदिन स्वार्थी भइरहेका छौ।आफ्नो काम गरिरहेका हरुलाई प्रोत्साहन गर्दैमा हाम्रो के जान्छ र !जाने एउटा बोली त हो।तर पनि किना हामी चुकिरहेका छौँ यस्ता कुराहरुमा ।

अर्काको जीवन उदाङ्गो पार्न किन यति प्रफुल्लित हुन्छ मान्छे?सहि दृस्टी र उचित व्याख्या भएन भने देखेको र सुनेको कुरा पनि सत्य हुन सक्दैन भन्ने कुरा किन हामीले बिर्सिरहेका छौँ?

रङ्गमन्चमा पर्दा पछाडीबाट फुत्तफुत्त कलाकार निस्किएजस्तै हाम्रो जिन्दगीमा पनि धेरै मान्छेहरुको आगमन हुन्छ।तर पनि किन हामी नभएर नहुनुमा र भएर पनि हामीले भएको जस्तो व्यवहार गर्न सकिरहेका हुदैँनौ कसैका लागि।हाम्रो सन्मुख मुरीका मुरी कोदोका दाना जस्तै खुशी छरपस्ट पोखिएका छन्।तर कुन भाँडामा कसरी समेट्ने सम्हाल्ने भन्ने दुबिधामा परेर किन हामी जीवन व्यतित गरिरहेका हुन्छौ।अर्काको जीवन उदाङ्गो पार्न किन यति प्रफुल्लित हुन्छ मान्छे?सहि दृस्टी र उचित व्याख्या भएन भने देखेको र सुनेको कुरा पनि सत्य हुन सक्दैन भन्ने कुरा किन हामीले बिर्सिरहेका छौँ? किन हामीले आफूभन्दा ठूलो मान्छेको आज्ञालाई अनुसरण गर्न सकिरहेका छैनौँ ?

“बुबाको कुरा गर्नु पर्दा छोरा हुनुको अधिकारको नाममा बुबाको घरको कोठा ,खेतको लालपूर्जा माग्न तयार हुन्छौ हामी”

पौराणिक कुरा गर्नु पर्दा एउटा कुरा जोड्न चाहेँ महाभारतमा अर्जुनले धनुवार्णको निसाना लगाएर द्रौपदीलाई स्वयम्बर सभामा जितेको तर आमा कुन्तिले भूलबसदिएको आदेशका भरमा पाँच पान्डवको द्रौपदीसँग विवाह भएको प्रसङ्गबाट पनि प्रस्ट हुन्छ कि आमाको आज्ञाको महत्व कतिसम्म हुन्छ भन्ने कुरा। यो त एउटा उदाहरण मात्र हो।बुबाको कुरा गर्नु पर्दा छोरा हुनुको अधिकारको नाममा बुबाको घरको कोठा ,खेतको लालपूर्जा माग्न तयार हुन्छौ हामी। किना हामी बुबाको हृदयमा स्थान खोजिरहेका हुदैनौँ।सक्ने बेलासम्म त उहाँहरुले हाम्रो लागि गर्नुभएको त छ नि!किन हामी उहाँहरुको दु:खमा साथ दिन सकिरहेका छैनौँ।

त्यसैले म भन्छु खुशि किन्न नसक्ने धन कमाएर केहि अर्थ छैन

मलाई सानो हुदाँबाट मेरी हजुरआमा भन्नुहुन्थ्यो नानी सबैले आफ्ना सुख भन्दा दु:खमा बढि सम्झिने मान्छे बन्न सक्नुपर्छ भनेर।आजकल त्यो कुरा मनन गर्दे छु।हजुरआमाको कुरा।दु:ख र आपतका बखत तिमीलाई कसैले सम्झिन्छ भने बुझ्नु कि बल्ल त्यो तिम्रो आफन्त हो।बल्ल त्यो तिम्रो आफ्नो मान्छे हो। त्यसैले म भन्छु खुशि किन्न नसक्ने धन कमाएर केहि अर्थ छैन ।बनावटी पैसाले किनेको खोक्रो सुन्दरताले मानिस खुशि रहन सक्दैन ।अत:भ्रमको पछाडि नलागिकन खुशि साथ जीवन बिताउन प्रयत्न गरौं ।

सुलोचना देवकोटा

आधिखोला गा.प., स्याङ्गजा

Leave a Reply

Your email address will not be published. Required fields are marked *