साउन २४,काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार ५४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि र ५५ जनाको मृत्यु भएको छ ।

९ हजार ३३ पीसीआर परीक्षण गर्दा २ हजार १३७ जना र ३ हजार ३४५ एन्टिजेन परीक्षण गर्दा ४११ गरी २ हजार ५४८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्द धेरै काठमाडौंमा ७४०, कास्कीमा १८९, ललितपुरमा १५५, मोरङमा १४९ र झापामा १०६ जनामा कोरोना संक्रमण देखिएको छ ।

यस्तै सुनसरीमा ९५, नुवाकोटमा ७४, काभ्रेपलाञ्चोकमा ५९, भक्तपुरमा ५६, रुपन्देहीमा ५३, सिन्धुपाल्चोकमा ४८ जना कोरोना संक्रमित थपिएका छन् ।

मकवानपुरमा ४१, गोरखामा ३१, कपिलवस्तुमा २६, सुर्खेतमा २१, इलाममा २०, पाँचथर र स्याङजामा १८/१८ जना, चितवनमा १७, धादिङमा १६, दाङमा १५, तनहुँ, नवलपरासी पश्‍चिम र जुम्लामा १२/१२ जना तथा लमजुङ र गुल्मीमा ११ /११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *